back
CTIZAN AD

ढुंगाले लागेर दुईको मृत्यु, एक घाइते

वि.सं.२०७५ वैशाख २६ बुधवार

825 

shares

deathbody२६ वैशाख, त्रिपुराकोट, डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको मंगलबार घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१० बस्ने अन्दाजी २१ वर्षीय देवबहादुर चन्द र सोही नगरपालिका–१२ बस्ने अन्दाजी २९ वर्षीय अमृत रानामगरको ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

सोही नगरपालिका–९ बस्ने ४१ वर्षीय शक्तिबहादुर शाही भने गम्भीर घाइते भएको समेत प्रहरीले जनाएको छ । मृतक दुई जनाको शव घरतर्फ लगिएको र गम्भीर घाइते शाहीलाई उपचारका लागि रुकुम जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ वैशाख २६ बुधवार १३:२८ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...