back
CTIZAN AD

आफू र छोरालाई बचाउन राजवंशीको अपिल

वि.सं.२०७५ वैशाख २७ बिहीवार

732 

shares

women-prayer

२७ बैशाख, सुरुङ्गा, झापा । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा मर्ने रहर कसलाई हुन्छ । तर रोगले थलिएपछि उपचार नपाएर धेरैले यही उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

उपचारकै क्रममा भएको जायजेथा सकिँदा आर्थिक सहयोगको अपिल गर्दै साविक राजगढ–५ निवासी ३२ वर्षीया झुमादेवी राजवंशीले आफू बाँच्न र १६ वर्षीया छोरीलाई बचाउन आग्रह गर्दै आउनु भएको हो । गम्भीर प्रकृतिको रोगले सताएको र उपचारका लागि खर्च नहुँदा रोगले छोरी छटपटिएको हेरेर बस्नुपर्दाको पिडासंगै विगत आठ महिनादेखि उनी आफैँ पनि थलिएर बस्नुको विकल्प भएन ।

झुमादेवीले आफ्नो ढाड दुख्ने समस्या शुरु हुनेबित्तिकै गाउँका धामी सहित चिकित्सकलाई पनि देखाउँदा समस्या समाधान भएन भने छोरी नवीता राजवंशीको पनि सानैबाट पेटमा पानी जमेकाले पीडामाथि पीडा छ । छोरीलाई उपचार गर्ने बेलामा आमा नै थलिएपछि राजवंशी परिवारमा अहिले विचल्ली भएको हो ।

झुमादेवीका श्रीमान् नन्द राजवंशीले जेठीबाट छोरा नभएको भन्दै कान्छी श्रीमतीका रुपमा उहाँलाई भित्र्याउनुभएको थियो । उनका दुई सन्तानमध्ये १६ वर्षीया छोरीको पेटमा पानी जमेका कारण शरिरको विकास हुन नसकी अहिले नविता सात आठ वर्षकी जस्तै देखिन्छिन् ।

झुमाका श्रीमान् भारतको राजस्थानमा मजदूरी गर्दै आएका छन् भने उनको मेरुदण्डमा ऐजरु पलाएर कम्मरमुनिको भाग नचलेका कारण घरबार पनि लथालिङ्ग भएको छ । यस्तो अवस्थामा स्थानीय कर्णाली बचत तथा ऋण सहकारी संस्थाले उनको उपचारका लागि आर्थिक सहयोग त ग¥यो तर त्यत्तिले मात्रै नपुगेपछि सोही सहकारीले समेत सहयोगको अपिल गरेको हो ।

सहकारीका सचिव भूपाल बस्नेतले भने “सहयोगबाट जम्मा भएको रु एक लाख ५० हजार स्थानीय अस्पतालमा उपचार गर्दागर्दै सकियो तर अस्पताले स्रोतले उहाँको उपचारमा करिव रु। पाँच लाख लाग्ने बताएको छ ।”
सचिव बस्नेतका बुबाआमाले क्यान्सर रोगका कारण ज्यान गुमाएकाले उनले अहिले आमाबुबाका नाममा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्था दर्ता गर्नुभएको छ । सोही संस्थामार्फत उपचारका लागि सहयोग संकलन गरेर झुमादेवीको उपचार गर्ने उनले बताए ।
चिकित्सकको सल्लाहबमोजिम झुमाको काठमाडौँको वीर अस्पतालमा उपचार संभब हुने भएकाले सबैले आ–आफ्नोतर्फबाट सकेको सहयोग गरिदिन उक्त सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले सबैमा आग्रह गरे । ।

झुमादेवी राजवंशीको नाममा रहेको उक्त सहकारीको राजगढ सेवाकेन्द्रको खाता नम्बर ००५०७०००३८२मा सक्दो आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका सचिव बस्नेतले पनि जोड दिए ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १६:४५ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...