
२७, वैशाख । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवम् नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दीनेश शर्मालाई जर्मनी सेल्फ डिफेन्स फेडेरेशनले आयोजना गरेको ११ औँ म्युनिक हल अफ अनरमा ‘मास्टर अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत गरेको छ ।
ब्ल्याक बेल्ट ५ औं डान एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रिएवं प्रशिक्षकसमेत रहेका शर्माले गत अप्रिल २८ मा जर्मनीको म्युनिकमा उक्त सम्मान पाएको नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ र नेपाल तेक्वान्दो महासंघले जारी गरेको संयुक्त विज्ञप्तीमा जनाइएको छ ।
सानो उमेरमै अन्तर्राष्ट्रिय ख्याती कमाएका प्रशिक्षक शर्माले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो मार्शल आर्ट क्षेत्रको विकास र विस्तारमा गरेको उल्लेखनीय योगदानको उच्चकदर गर्दै ११ औं म्युनिक हल अफ अनरमा मास्टर अफ द इयर अवार्ड चुम्न सफल भएको विज्ञप्तीमा जनाइएको छ ।
मार्शल आर्टस्को ‘ओस्कार’को रुपमा परिचित म्युनिकहल फ अनर प्रत्येक वर्ष जर्मनीको म्युनिकमाआयोजनाहुने गर्दछ । विश्व भरीका ग्रान्ड मास्टर, मास्टर एवं अन्तर्राष्ट्रिय पदकधारी खेलाडी तथा प्रशिक्षकहरुलाई म्युनिक हल अफ अनरको ग्रान्ड मास्टर सम्मिलीत छनोट समितीले गरेको सिफारीसका आधारमा सम्मान गरीने जनाइएको छ ।
यस अघि शर्माले अमेरीका, जर्मनी, बेलायत र भारत लगायतका देशबाट अन्तर्राष्ट्रिय सम्मानपाई सकेका छन् भने नेपालमा प्रधानमन्त्रि, खेलकुद मन्त्रि एवम् विभिन्न संघसंस्थाहरुबाट दर्जनौ पटक पुरस्कृत भईसकेका छन् ।
बाराको निजगढ ३ सिंगौल मावि.सं. २०४३ भदौ ५ गते पिता शिवप्रसाद हुमागाई माता दधिमाया हुमागाईको कोखबाट जन्मिएका शर्माले बीरगंजबाट तेक्वान्दो करियर बनाएका हुन् । राष्ट्रिय रुपमा ख्याति कमाएका वीरगंजका प्रशिक्षक प्रमोद मानन्धरबाट निखारीएका शर्माले पछि आइटिएफ तेक्वान्दोका अध्यक्ष कृष्णबहादुर बलालसंगको सामिप्यतापछि अहिले काठमाडौंबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोलाई अगाडी बढाईरहेका छन् ।
वि.सं.२०७५ वैशाख २७ बिहीवार १७:२५ मा प्रकाशित




























