back
CTIZAN AD

सङ्घीयताको रमिता देखिन थालेको छ : केसी

वि.सं.२०७५ वैशाख २७ बिहीवार

663 

shares

yekata-samaj-oman-2
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सङ्घीयता देशले धान्न नसक्ने बताए । ओमन नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

हालै मस्कटमा आयोजित सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष केसीले देशले सङ्घीयता धान्नै नसक्ने दावी गरे । “अहिले सङ्घीयताको रमिता देखिन थालेको छ” उनले भने– “सात वटा प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभासद, प्रहरी कर्मचारी लगायतलाई कहाँबाट तलब खुवाऊँ भइसकेको छ । यस्तो तालले कति दिन चल्छ प्रदेश सरकार ? हावापानी खाएर मात्र त देश चल्दैन ।” उनले अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गरेर देशको ढुकुटी रित्तो भएको बताइसकेको स्मरण गराउँदै प्रश्न गरे– “राज्यको ढुकुटी नै रित्तो भएपछि कसरी सङ्घीयता कार्यान्वयन हुन्छ ?” देशको अर्थतन्त्र कमजोर रहेको बताउँदै उजले प्रतिप्रश्न गरे– “अहिले हामी ७०० रूपैयाको आयात गर्दछौँ, तर खालि ७ रूपैयाको मात्र निर्यात गर्दछौँ । यस्तो अर्थतन्त्रले कसरी सङ्घीयता धान्छ ? अध्यक्ष केसीले देशमा जनताले सङ्घीयता खारेज नगरे सङ्घीयताले देश खारेज गर्ने स्थिति रहेको बताए ।

yekata-samaj-oman-3अध्यक्ष केसीले आफूहरू सिद्धान्ततः सङ्घीयताको विरोधी नभएको, तर नेपालको विशिष्ट परिस्थितिमा मात्रै सङ्घीयता गलत भएको पनि दावी गरे । देश अझै पनि अर्ध औपनिवेशिक अवस्थामा रहेको उल्लेख गर्दै उनले नाकाबन्दीले त्यसलाई पुष्टि गरेको दावी गरे । “हामीले आफ्नो संविधान आफै बनाउँदा भारतले नाकाबन्दी गर्यो” राजमो अध्यक्ष केसीले प्रश्न सोझाए– “भारतले संविधान बनाउँदा कुन कुन देशले नाकाबन्दी गरेको थियो ? चीनले संविधान बनाउँदा कुन कुन देशले अप्ठ्यारोमा पारेका थिए ?” यस्तो अवस्थाले देश अझै पनि अर्ध औपनिवेशक अवस्थामा छ भन्ने तर्क राख्दै नेता केसीले देशको राजनीतिमा त्यही खालका प्रचलनहरू कायमै रहेको बताए । “अझै पनि देशको राष्ट्र प्रमुख भइसकेपछि ओहदाको प्रमाण पत्र बुझाउन दिल्ली जाने प्रचलन छ” उनले नेपाली प्रधानमन्त्रीहरूको पुरानै प्रचलनतर्फ इङ्गित गरे । उ “भारतका प्रधानमन्त्रीहरू पहिला नेपाल आउँछन् ? अमेरिकाका राष्ट्रपतिहरू पहिला नेपाल आउँछन् । नेपालका प्रधानमन्त्री पहिलो विदेश भ्रमण भारतमा नै गर्नु देश अझै पनि अर्ध औपनिवेशिक रहेको प्रमाण हो ।”

yekata-samaj-oman-1सम्मेलनमा सम्बोधन गर्दै नेता केसीले सङ्घीयताको मुद्दा पञ्चायतमा सुनचोरहरूले जनतालाई भ्रम छरेको जस्तो भएको बताए ।। “सङ्घीयताको विषय तपाईलाई मुन्द्री, मढरी, तिलहरी, बाला, औठी बनाइदिम्ला भनेर सुन बोकी ल्याएको, तर शत्रु लागेर एयरपोर्टमा लगिदिए, तपाईहरूलाई सुन उपहार दिन सकिनँ, अर्को पटक फेरि ल्याइदिनेछु भने जस्तै भयो” उनले भने । केसीले पञ्चायतमा जस्तै गणतन्त्रमा पनि सुनचोरहरूको बिगबिगी हुनु दुःखको विषय भएको बताए । “अहिले पनि स्थिति त्यही छ, कुनै फेरबदल भएको छैन” केसीले भने । अहिलेलाई जनताले यिनै दलका दादागिरीलाई पत्याउनु परेको भन्दै समयक्रमसँगै जनता सचेत हुने विश्वास व्यक्त गरे । यस अघि आफू संसदको लेखा समितिको सभापति हुँदा ब्रिफकेस लिएर आउन चाहनेले धेरै पटक अनुरोध गरेको केसीले स्मरण गरे ।

“वर्षौ पुराना मुद्दा उठाउँछ कि यसले भनेर कतिपयले ब्रिफकेस दिन खोज्दा रहेछन्” उनले विगत खोतले – “कतिपय माननीयहरूले प्रजननजन्य सामग्रीको बिल समेत पेस गर्ने गरेको फाइल समेत मैले भेटेँ ।” उनले व्यवस्था फेरि पनि नेतृत्वको राजनीतिक चिन्तन, संस्कार, संस्कृति नफेरिएकाले नेपाली जनताल अझै पनि ढुक्क हुने स्थिति नरहेको बताए । उनले वर्तमान वाम पक्षीय सरकारलाई धेरै नभए पनि भ्रष्टाचार र सिन्डिकेटको अन्त्य गर्न आग्रह गरे । अध्यक्ष केसीले आफू ओमनमा आएपछि यहाँका महिला कामदार तथा अन्य नेपाली श्रमिकका समस्यालाई नजिकबाट बुझ्न पाएको बताए । मस्कटस्थित राजदूतावासमा आफैलै दर्जनौँ अलपत्र नेपाली श्रमिकहरू अलपत्र अवस्थामा देखेको बताउँदै उनले यस्तो दावी गरेका हुन्। यहाँका नेपाली मजदुरहरूको अवस्थाप्रति आफू गम्भीर भएको बताउँदै अध्यक्ष केसीले नेपाल फर्किएपछि परराष्ट्र तथा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय मार्फत् ओमनका नेपालीहरूको समस्या उठान गरिने आश्वासन दिए ।

“राम्रै काम भएर पनि पुनः श्रम अनुमति नपाउने चिन्ताले धेरै दिदिबहिनीहरू नेपाल जान नसकेको पाएँ” अध्यक्ष केसीले अगाडि भने– “यो समस्या तत्काल सम्बोधन गरिनु पर्छ ।” सम्मेलनको विशिष्ट अतिथि ओमनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकाल थिइन् ।

अन्य अतिथिहरूमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, जन प्रगतिशील मञ्चका अध्यक्ष उमेश विक, प्रवाशी नेपाली मञ्चका अध्यक्ष सोमकृष्ण श्रेष्ठ, जनसम्पर्क समितिका सभापति फर्सुराम पोख्रेल, विवेकशील साझा सदभाव दलका जीवन कार्की, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समितिका डी.बी क्षेत्री र ओमनका दिपक श्रेष्ठ, ओमन नेपाली एकता समाज अन्तर्गत महिला विभागकी अध्यक्ष लक्ष्मी रायमाझी, रक्तिम सांस्कृतिक अभियान ओमनका दुर्गा गिरी सहित एकता समाजका विभिन्न एरिया समितिका प्रतिनिधि र विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि, पत्रकार लगायत थिए। सम्मेलनमा भानुभक्त खनालको अध्यक्षता तथा तुल्सीराम खनालको सञ्चालन रहेको थियो भने उपस्थित जन समुदायलाई इन्द्रलाल खनाल र रक्तिम सांस्कृतिक अभियान ओमनकाको स्वागत रहेको थियो ।

समाजको नयाँ नेतृत्व चयन सम्मेलनले छविलाल बस्नेतको अध्यक्षतामा ओमन नेपाली एकता समाजको नयाँ केन्द्रीय समिति चयन गरेको छ । ओमन नेपाली एकता सनाज दोष्रो राष्ट्रिय सम्मेलन बाट नव निर्बाचित केन्द्रीय समिति को नामावली :

अध्यक्ष : छविलाल बस्नेत
उपाध्यक्ष : विष्णु अर्याल
महासचिव : इन्द्र खनाल
सचिब : दिपक रम्तेल
कोषाध्यक्ष : तुल्सिराम खनाल
सदस्य
मनु सुनार
लक्ष्मी रायमाझी
मञ्जु बाँनिया
सन्तोष साबकोटा
गुनाखर खनाल
नवराज आचार्य
भिमलाल गिरी
टुक बहादुर रामदाम
बुद्ध बिक
स्याम प्रसाद पौडेल

बैकल्पिक सदस्य
बिष्णु प्रसाद पौडेल
हिमाल सागर रेग्मी

सल्लाहकार
प्रशुराम ढकाल
ईस्वरी पान्डे
भानुभक्त खनाल

वि.सं.२०७५ वैशाख २७ बिहीवार १९:३६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...