back
CTIZAN AD

वन्यजन्तु तस्करी नियन्त्रणमा काम गर्ने बेलायतको चाहना

वि.सं.२०७५ वैशाख २७ बिहीवार

693 

shares

 

२७ वैशाख,काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिससँग आज भएको भेटमा नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व वहन गर्न आफ्नातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पारेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा उनले भने, “विश्व समुदायको एक हिस्साको हैसियतमा वातावरणीय प्रदूषण नियन्त्रण र त्यसबाट पर्ने प्रभाव कम गर्नका लागि आफूले खेल्नुपर्ने भूमिकाका बारेमा नेपाल स्पष्ट छ ।”

सो अवसरमा राजदूत मरिसले नेपालको वन तथा वातावरण संरक्षणका क्षेत्रमा यसअघि गर्दै आएको सहयोगलाई बेलायतले यस वर्ष पनि जारी राख्ने जानकारी दिँदै वन्यजन्तु तस्करी नियन्त्रणमा काम गर्ने आफ्नो सरकारको चाहना रहेको अवगत गराए । साथै उनले मन्त्री बस्नेतलाई बेलायत भ्रमणको निम्तोसमेत दिएका छन् ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १९:४७ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...