Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रजातन्त्र सेनानी बस्नेतको निधन



 १२ असोज,काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको ९६ वर्षको उमेरमा गए राति १ बजे निधन भयो ।

प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनका क्रममा पटक पटक जेल पर्नुभएका बस्नेत लामो समयदेखि बिपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

सोलुखुम्बुमा जन्मनुभएका बस्नेत हाल काठमाडौँ बौद्धमा बस्दै आउनुभएको थियो । उहाँको पार्थिव शरीरमा आज बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाइ अन्तिम बिदाइ गर्नुभयो । उहाँलाई श्रद्धाञ्जलि दिन महामन्त्री डा शशाङ्क कोइरालासहित पार्टीका नेता कार्यकर्ताको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति थियो ।

उहाँका श्रीमती र तीन छोरी हुनुहुन्छ । सांसद एवम् काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत उहाँकी छोरी हुनुहुन्छ । रासस


-->

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक