back
CTIZAN AD

मृगौलापीडित उपचारका लागि सहयोग

वि.सं.२०७३ असोज १२ बुधवार

1.4K 

shares

१२ असोज,म्याग्दी । म्याग्दी बिम ९ का मृगौला रोगी कुमार पुनको उपचारका लागि अष्ट्रेलियामा रहेका म्याग्देलिहरुले आर्थिक सहयोग गरेका छन् ।

दुवै मृगौलाले काम गर्न छाडेपछि हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका ३२ वर्षिय विपन्न परिवारका पुनको उपचारार्थ अष्ट्रेलियाबाट रु एक लाख २८ हजार पाँच सय सहयोग जुटेको हो ।

अष्ट्रेलियामा रहनुभएका म्याग्दी ताकमकी जुलि फगामीको पहलमा त्यहाँ संकलन भएको सो रकम अस्पतालमै पुगेर पिडित पुनलाई हस्तान्तरण गरिएको समन्वयकर्ता नेकपा माओवादी केन्द्रका नेता पुष्कर विकले बताउनुभयो ।

त्यस्तै म्याग्दी बरन्जा घर भई हाल काठमाण्डौ बस्दै आउनुभएकी कमला श्रीस मगरले रु १० हजार र ताकम धारापानीका अर्जुन थापाले रु ४ हजार गरेको सहयोग पनि पिडित पुनलाई हस्तान्तरण गरेको छ ।

घरपरिवारको आर्थिक अबस्था कमजोर रहेका पुनको उपचारका लागि अहिले विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । यस अगाडि पनि विभिन्न क्षेत्रबाट पुनको उपचारका लागि सहयोग प्राप्त भएको जनाएको छ ।

यसैगरी पुनको उपचारका लागि बिम घर भई हाल जापानमा कार्यरत सालीन बिक र उहाँकी श्रीमती निशाले पचास हजार रुपैयाँ समेत सहयोग गर्नुभएको थियो ।

उपचारमा लाखौँ खर्च लाग्ने भएपछि अहिले काठमाण्डौमा रहेका पुस्कर विकको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक संकलन जुटाउन थालिएको छ ।

‘‘पुनको पारिवारिक अवस्था नाजुक छ, सबै मिलेर सहयोग जुटाउन सके पुनलाई नयाँ जिवन दिन सकिन्छ भनेर लागिपरेका छौँ, संयोजक विकले भन्नुभयो – यस अयिभानमा सबैक्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौँ ।’’ रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०६:५३ मा प्रकाशित

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...