Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

मृगौलापीडित उपचारका लागि सहयोग



१२ असोज,म्याग्दी । म्याग्दी बिम ९ का मृगौला रोगी कुमार पुनको उपचारका लागि अष्ट्रेलियामा रहेका म्याग्देलिहरुले आर्थिक सहयोग गरेका छन् ।

दुवै मृगौलाले काम गर्न छाडेपछि हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका ३२ वर्षिय विपन्न परिवारका पुनको उपचारार्थ अष्ट्रेलियाबाट रु एक लाख २८ हजार पाँच सय सहयोग जुटेको हो ।

अष्ट्रेलियामा रहनुभएका म्याग्दी ताकमकी जुलि फगामीको पहलमा त्यहाँ संकलन भएको सो रकम अस्पतालमै पुगेर पिडित पुनलाई हस्तान्तरण गरिएको समन्वयकर्ता नेकपा माओवादी केन्द्रका नेता पुष्कर विकले बताउनुभयो ।

त्यस्तै म्याग्दी बरन्जा घर भई हाल काठमाण्डौ बस्दै आउनुभएकी कमला श्रीस मगरले रु १० हजार र ताकम धारापानीका अर्जुन थापाले रु ४ हजार गरेको सहयोग पनि पिडित पुनलाई हस्तान्तरण गरेको छ ।

घरपरिवारको आर्थिक अबस्था कमजोर रहेका पुनको उपचारका लागि अहिले विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । यस अगाडि पनि विभिन्न क्षेत्रबाट पुनको उपचारका लागि सहयोग प्राप्त भएको जनाएको छ ।

यसैगरी पुनको उपचारका लागि बिम घर भई हाल जापानमा कार्यरत सालीन बिक र उहाँकी श्रीमती निशाले पचास हजार रुपैयाँ समेत सहयोग गर्नुभएको थियो ।

उपचारमा लाखौँ खर्च लाग्ने भएपछि अहिले काठमाण्डौमा रहेका पुस्कर विकको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक संकलन जुटाउन थालिएको छ ।

‘‘पुनको पारिवारिक अवस्था नाजुक छ, सबै मिलेर सहयोग जुटाउन सके पुनलाई नयाँ जिवन दिन सकिन्छ भनेर लागिपरेका छौँ, संयोजक विकले भन्नुभयो – यस अयिभानमा सबैक्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौँ ।’’ रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा