back
CTIZAN AD

देशको अस्थिरताप्रति क्यानडामा रहेका नेपालीद्वारा चिन्ता व्यक्त

वि.सं.२०७३ असोज १२ बुधवार

1.3K 

shares

 १२ असोज,काठमाडौँ । क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरुले गुनासो गरेका छन् ।

नेपाली जनसम्पर्क समिति क्यानडाले मिसीसागामा आयोजना गरेको ‘नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास ः सम्भावना र चुनौती’ विचार गोष्ठीका सहभागी वक्ताले चिन्ता व्यक्त गरेका हुन् ।

अर्थविद् तथा सरकारका पूर्वमुख्यसचिव डा विमलप्रसाद कोइरालाले सङ्क्रमणकालका कारण मुलुक अगाडि बढ्न नसकेको बताउनुभयो । “सङ्क्रमणकालका कारण राजनीतिक अस्थिरता र विकास अवरुद्ध छ,” उहाँले भन्नुभयो । अहिले अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीले आगामी निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउने अवस्था नदेखिएकाले गठबन्धन संस्कृतिबाट मुलुक अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ ।

“मुलुकमा राजनीतिक परिवर्तन भएपनि त्यसको फाइदा केही ठूलाबडाले मात्र लिए, अपनत्व जनताले लिनसक्ने अवस्था नभएका कारण राजनीतिक स्थिरता कायम हुन सकेन्,” कोइरालाले भन्नुभयो । परिवर्तनका नाममा मुलुकलाई विखण्डनतर्फ लैजान नहुने भन्दै कोइरालाले नेताहरुले राजनीतीलाई समाज सेवाभन्दा व्यवसायका रुपमा लिएका कारण स्थायित्व कायम हुन नसकेको उल्लेख गर्नुभयो । “राजनीतिक नेतृत्व मूल भएकाले त्यो सफा नगर्दासम्म कर्मचारीले केही गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी सरकारका पूर्वसचिव बाबुराम आचार्यले कुनैपनि मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै त्यसका लागी राजनीतिक नेतृत्वको नै मुख्य भूमिका रहने बताउनुभयो । नेपालमा अहिले सत्तामा जानका लागि खुट्टा तान्ने प्रवृतिका कारण राजनीतिले स्थायित्व कायम गर्न नसकेको उहाँको भनाइ थियो । “अहिले देशको अवस्था देख्दा कि छाडेर हिँड्ने, कि आफूले सकेको गर्ने भन्ने मात्र विकल्प छ,” आचार्यले भन्नुभयो ।

गैरआवासीय नेपाली संस्थाका अध्यक्ष तुल्सी सापकोटाले क्यानाडामा रहेका नेपालीले विश्वमा नेपाललाई चिनाउने कार्यका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । “विदेशमा रहेका नेपालीले सक्दो प्रयास गरिरहेका भएपनि देशमा स्थायित्व कायम गर्न दलको नै मुख्य भूमिका रहन्छ,” उहाँले भन्नुभयो ।

गैरआवासीय संस्थाका पूर्वअध्यक्ष अनिल थापाले सरकार, राजनीतिक दलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप र क्षमता कसरी स्वदेशमा भित्रयाउन सकिन्छ भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

समाजसेवी शम्भु धमलाले विकास र समृद्धिका लागि नेपालमा धेरै सम्भावना भएपनि सक्षम नेतृत्वको अभावले देश सँधै गरिबको गरिब नै रहेको बताउनुभयो ।

सो कार्यक्रममा शरद पौडेल, अन्जनी भट्टराई र डा बामदेव पौडेलले देशको समृद्धि र विकास समेटिएका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

समितिका सभापति तुल्सी पौडेलले क्यानडामा रहेका नेपालीले विदेशमा आर्जन गरेको सीप, क्षमता र पूँजी स्वदेशमा लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकार र सम्बन्धित निकायले वातावारण बनाउनुपर्नेमा जोड दिनुभयो । समितिका महामन्त्री दीपक सापकोटाले विदेशमा रहेका नेपाली सँधै देशको विकासप्रति चिन्तित रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०७:०५ मा प्रकाशित

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...