back
CTIZAN AD

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

वि.सं.२०८३ असार १७ बुधवार

210 

shares

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ । अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोपन थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यहाँको सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपन सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी दिए । “ठूलो परिमाणमा तनहुँमा पहिलोपटक रुद्राक्ष रोपन गर्न थालिएको छ”,उनले भने, “यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोपन थालिसकिएको छ ।”

पहिलो चरणमा वनमा ४०० रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिए । उनले भने, “पहिलो चरणको रुद्राक्ष रोपन सकिएको छ । मालागिरि साुमदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो । हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ ।”

जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्षयता परीक्षणका रुपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको पराजुलीले बताए । पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोपन सुरु गरिएको उनले जानकारी दिए ।

उनका अनुसार सगरमाथा वृक्षरोपण महाअभियानका अवसरमा बृहत् वृक्षरोपण थालिएको हो । मालागिरि सामुदायिक वनको १.९२ हेक्टर क्षेत्रमा एक हजार ७०० बिरुवा रोपन गरिने उनले बताए । पहिलो चरणमा ४०० बिरुवा रोपिएको छ भने बाँकी रोप्न बाँकी रहेको उनले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ताका अनुसार रुद्राक्ष खेतीबाट वन संरक्षण र स्थानीय रूपमा आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । परम्परागत रूपमा दाउरा र घाँसमा निर्भर रहँदै आएको सामुदायिक वन व्यवस्थापनलाई अब आयमूलक वन उपज उत्पादनतर्फ मोड्न रुद्राक्ष सहायक बन्ने उपभोक्ताको अपेक्षा छ ।

स्थानीय तहले धार्मिक क्षेत्रमा रुद्राक्ष रोपन गर्दै आए पनि डिभिजन वन कार्यालयले पहिलोपटक ठूलो परिमाणमा रुद्राक्ष रोपनलाई प्राथमिकता दिएको छ । केही पालिकाले सामुदायिक वनमा नयाँ बिरुवा रोपिरहेका उपभोक्ता समूहलाई प्रोत्साहन, प्राविधिक तालिम र नर्सरी विकासका लागि तालिम दिने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

हिन्दू धर्ममा पवित्र मानिने रुद्राक्षलाई भगवान् शिवको प्रतीकका रूपमा लिइन्छ । यसको धार्मिक, आध्यात्मिक तथा स्वास्थ्यसम्बन्धी विभिन्न उपयोगिता रहेको विश्वास गरिन्छ । धार्मिक तथा आध्यात्मिक रूपमा माला बनाएर मन्त्र जप गर्नाले मनलाई शान्त र एकाग्र बनाउन सहयोग गर्ने विश्वास छ । तनाव, चिन्ता र मानसिक अशान्ति कम गर्न मद्दत गर्ने, आत्मविश्वास र सकारात्मक सोच बढाउन यसको उपयोगले सहयोग पुग्ने र स्मरण शक्ति सुधार गर्न प्रयोग गरिएको पाइन्छ ।

रक्तचाप सन्तुलित राख्न सहयोग गर्ने परम्परागत विश्वास छ भने मुटुसम्बन्धी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र शरीरमा ऊर्जा सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वाससमेत गरिन्छ । सांस्कृतिक तथा आर्थिक रूपमा नेपालको विशेषगरी पूर्वी पहाडी क्षेत्रमा रुद्राक्षको उत्पादन हुने भएकाले यसको आर्थिक महत्व रहेको छ । रुद्राक्ष धार्मिक पर्यटन र व्यापारसँग पनि जोडिएको छ । विभिन्न मुखी (१ मुखीदेखि २१ मुखीसम्म) रुद्राक्षको बजार मूल्य फरकफरक रहेको पाइन्छ ।

वि.सं.२०८३ असार १७ बुधवार १०:४७ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...