back
CTIZAN AD

फौजीकीराको बिगबिगीले पशुचौपाया मर्न थालेपछि किसान चिन्तित

वि.सं.२०७५ वैशाख ३० आइतवार

774 

shares

Faujii Kira

३० बैशाख, गाईघाट, उदयपुर । विगत केही दिनयता देखि उदयपुर बेलका नगरपालिका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्दा जंगल चर्न जाने पशुचौपाया मर्न थालेका छन् ।

बेलका नगरपालिकाको बंगलामुखी, खयरमारा, जहडा, सिसुवा, रातापानी, गलेनी र सेतीखोलालगायत आसापासका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्न थालेपछि जंगल चर्न जाने पशुचौपाया मर्न थालेका हुन् ।

बेलका ४ का कृष्णप्रसाद पौडेलका अनुसार जंगल क्षेत्रमा सबैतिर फौजिकीराको बिगबिगी बढ्दै जानथालेको र फौजिकीराले हरियो दुबो तथा बिरुवाको पात खानेगरेको र सोहि घाँस खाँदा पशु चौपाया मर्न थालेको बताउछन् ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार जंगलको घाँस खानाले अहिलेसम्म आधादर्जन भन्दा बढी गाई मरिसकेका छन् भने धेरै गाई, भैँसी र खसी, बाख्रा समेत बिरामी परेका छन् ।

बेलका नगरपालिकाका कृषि प्राविधिक नगरनाथ रेग्मी भन्छन्, “दिनमा जंगलमा बस्ने र राति फौजीकीरा गाउँघरसम्म आउने गरेका छन्, घाँस तथा दुबोमा फौजीकीराले खाने प्रदूषण गर्नाले त्यसको विषले केही जनावार मरेका र केही बिरामी हुन थालेका छन् ।”

फौजीकीरा मार्न गाउँघरवरपरका रुख बिरुवामा विभिन्न विषादी ‘ल्कोरोफिल’ लगायतका पदार्थ छर्कने र प्रयोग गरेपनि फौजीकीरा नियन्त्रण नभएको रेग्मीले बताए ।

फौजीकीराको बिगबिगीका कारण केही जनावर मर्न थालेको र खसी, बोकादेखि गाईभैँंसीसम्म बिरामी परेपछि यसको नियन्त्रणका लागि क्षेत्रीय कृषि विकास केन्द्र विराटनगरको प्राविधिक टोली ल्याउन लागिएको बेलका नगरका प्रमुख थापा र अर्का प्राविधिक रेग्मीले बताएका छन् ।

स्थानीयवासी रमण भट्टराईका अनुसार जंगलका हरिया घाँस तथा रुख बिरुवाका पातमा फौजीकीराले खाएर फोहोर बनाएको र ती घाँस ल्याएर घरमा जनवारलाई खुवाउँदा र जंगल चराउन लाँदा पशुचौपाय मर्ने वा बिरामी हुन थालेका छन् ।

वि.सं.२०७५ वैशाख ३० आइतवार ०८:४९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...