back
CTIZAN AD

जातिय विभेध

वि.सं.२०७५ वैशाख ३० आइतवार

1.2K 

shares

जनार्धन अधिकारी
ऎलेसम्म समाजका अति ठुला, हिस्सा छयो बौधिक
हेपिन्छन् किन जातका विषयमा, के सार के तथ्य छ ।
के को जात ठुला र तुच्छ कसरी, संस्कार के देखियो
लेखेछन् कुन शास्त्रमा दलित हुन्, कुन् वेदमा लेखियो।।

जस्को जांगरबाट बन्छ करुवा, घैला घडा अंम्खरा
लोटा कांस फलामका घर भरी, त्यै पौरखी हातका ।
मुर्ती मन्दिर का टुंडाल हरु मा, ओदान ढुंग्रो चुलो
उन्कै सीप सदैब चल्छ तर लौ, पानी नचल्ने अहो ।।

भान्छामा जति हुन्छ धातुहरुका, जाती उपल्ला घर
सारा बस्तु चले सधैं चलिरहे, हेपिन्छ मान्छे तर ।
कस्तो न्याय समानता छ र कतै, के जात को भेद यो
उस्कै सीप कला पुजे जगतले, उल्टै उ नै हेपियो ।।

सार्की दाइ सिलाउने पयरका, छाला र जुत्ता जति
दर्जी पौरख सीप भर्छ कपडा, बाजा बजे नौमती ।
चल्छन् गुण सबै कुनै धक नभै, कस्तो अनौठो कुरा
केको जात भनेर मानिस यहाँ, सुर्किन्छ के पाखुरा ।।

यो हो मानवमा विभेध अतिनै, यो हो उदण्डी पना
यो हो कानुन बाट बर्जित सधैं, यो मात्र हो लान्छना ।
यो हो मान सधैं टिकाइरहने, यो हो अहंकार हो
यो हो मानव एकता नसहने, यो राहु हो राष्ट्रको ।।

उस्तै छन् अनुहार चाल उहिभो, उस्तै छ आसाहरु
उस्तै छन् परिबार हाल उहिनै, उस्तै तमासाहरु ।
उस्तै छन् घरबार चाड उहिनै, उस्तै छ लौ बन्धन
उस्तै छन् सुरताल के फरकभो, के जात को गन्थन ।।

इति

वि.सं.२०७५ वैशाख ३० आइतवार १०:०९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...