back
CTIZAN AD

शान्तिबिना विकास सम्भव छैन: शान्तिमन्त्री

वि.सं.२०७३ असोज १२ बुधवार

1.6K 

shares

१२ असोज,पर्सा । शान्ति तथा पुनःर्निमाणमन्त्री सीतादेवी यादवले दिगो शान्ति नभएसम्म राष्ट्रको विकास हुन नसकिने बताउनुभएको छ ।

नेपाली काँग्रेस वीरगन्ज नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको “बडादसैं, तिहार तथा छठ पर्व” को शुभकानमा आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास लागि पहिलो शर्त नै शान्ति र विभेद्रहित समाज रहेकाले मुलुकमा रहेका सबै खाले विभेद्लाई अन्त्य गरी समतामूलक समाज निर्माणका गर्न सरकार प्रतिबद्ध रहेको छ भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्ष समेत रहनुभएकी मन्त्री यादवले संविधान संशोधन गरी मधेसीको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सबै दलको सहयोगमा चाँडै संविधान संशोधन भई मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका नेता कार्यकर्ताले राखेको जिज्ञासाको जवाफमा उहाँले जिल्ला अधिवेशन नभएका जिल्लामा देखिएको समस्याप्रति पार्टी नेतृत्व अवगत रहेको र चाँडै पार्टीको केन्द्रीय समितिमा छलफल गरी पर्सा लगायतका जिल्लाको अधिवेशन गराउन पहल गर्ने बताउनुभयो ।

नेपाली काँग्रेस नगर कार्यसमिति वीरगन्जका अध्यक्ष भोला साह कलवारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काँग्रेसका पूर्व सभासद्हरु अजयकुमार द्विवेदी, ओमप्रकाश शर्मा, र रामेश्वर रौनियार, पार्टीका जिल्ला सचिव अशोक जयसवाल लगायतले चाँडो भन्दा चाँडो संविधान संशोधन गरी मधेसीको मागलाई संविधानमा समावेश गर्न माग गरेका थिए । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ११:३४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...