Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

शान्तिबिना विकास सम्भव छैन: शान्तिमन्त्री



१२ असोज,पर्सा । शान्ति तथा पुनःर्निमाणमन्त्री सीतादेवी यादवले दिगो शान्ति नभएसम्म राष्ट्रको विकास हुन नसकिने बताउनुभएको छ ।

नेपाली काँग्रेस वीरगन्ज नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको “बडादसैं, तिहार तथा छठ पर्व” को शुभकानमा आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास लागि पहिलो शर्त नै शान्ति र विभेद्रहित समाज रहेकाले मुलुकमा रहेका सबै खाले विभेद्लाई अन्त्य गरी समतामूलक समाज निर्माणका गर्न सरकार प्रतिबद्ध रहेको छ भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्ष समेत रहनुभएकी मन्त्री यादवले संविधान संशोधन गरी मधेसीको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सबै दलको सहयोगमा चाँडै संविधान संशोधन भई मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका नेता कार्यकर्ताले राखेको जिज्ञासाको जवाफमा उहाँले जिल्ला अधिवेशन नभएका जिल्लामा देखिएको समस्याप्रति पार्टी नेतृत्व अवगत रहेको र चाँडै पार्टीको केन्द्रीय समितिमा छलफल गरी पर्सा लगायतका जिल्लाको अधिवेशन गराउन पहल गर्ने बताउनुभयो ।

नेपाली काँग्रेस नगर कार्यसमिति वीरगन्जका अध्यक्ष भोला साह कलवारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काँग्रेसका पूर्व सभासद्हरु अजयकुमार द्विवेदी, ओमप्रकाश शर्मा, र रामेश्वर रौनियार, पार्टीका जिल्ला सचिव अशोक जयसवाल लगायतले चाँडो भन्दा चाँडो संविधान संशोधन गरी मधेसीको मागलाई संविधानमा समावेश गर्न माग गरेका थिए । रासस


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल