३० वैशाख,लहान । विश्वभर आज आमाप्रति सम्मान गर्दै मदर्श डे मनाइरहँदा नेपालको एक गाउँमा छोराले आमाको हत्या गरेका छन् । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेका छन् ।
सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेका हुन् ।
आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिए । मृतकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७५ वैशाख ३० आइतवार २०:५० मा प्रकाशित






























