back
CTIZAN AD

स्पोर्टस् अवार्ड मनोनयनमा छानिए तीन खेलाडी

वि.सं.२०७५ जेठ १ मंगलवार

621 

shares

१ जेठ, भीमदत्तनग। वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा प्रदेश नं ७ सुदूरपश्चिमबाट एक प्रशिक्षक सहित तीन खेलाडी मनोनयनमा परेका छन् ।

यही साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेटका प्रशिक्षक जगत टमाटाँंगै ब्याडमिन्टनका दीपेश धामी, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन् ।
नेपाललाई ऐतिहासिक वान डे इन्टरनेशनल मान्यता दिलाउने क्रिकेट प्रशिक्षक टमाटा यहाँको पहाडी जिल्ला अछामका बासिन्दा हुन् । उनको बसोबास पछिल्लो समय कैलालीको टीकापुरमा छ । उनको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले आइएसिसी विश्वकप लगायत थुप्रै अन्तर्राष्ट्रिय खेलमा विजयी हुन सफल भएको खेलकूद इतिहास छ । त्यसैगरी वर्षको उत्कृष्ट पुरुष खेलाडीमा ब्याडमिन्टनका धामी मनोनयनमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर घर भएका उनले हाल सशस्त्र प्रहरी बल (एफिएफ क्लब) मा आबद्ध भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिँदै आएका छन् ।

योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा शोभा गौचनसँगै मिक्स डबल्सको उपाधि विजेता, सोही प्रतियोगितामा मेन्स सिङ्गल्समा क्वाटरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी धामी घरेलु प्रतियोगितामा समेत स्वर्णधारी खेलाडी हुन् ।

उनका बुबा हरेकसिंह समेत भलिबलका खेलाडीका रुपमा परिचित छन् । राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य हरेकसिंह हाल भीमदत्तनगरपालिका–६ को वडाध्यक्ष समेत हुन् । उनले छोरा धामीलाई खेलजगत्मा स्थापित गराउन मुख्य भूमिका निर्वाह गर्दैछन् ।

त्यसैगरी भीमदत्त नगरपालिका–१८ कटानका क्रिकेट खेलाडी ऐरी वर्षको युवा खेलाडीको मनोनयमा छन् । नेपाली टिम एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पहिलो पल्ट पुग्दाका ऐरी कप्तानको भूमिका थिए । विभिन्न अन्तर्राष्ट्रिय स्तरका खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी ऐरीले हाल नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेललाई निरन्तरता दिँदै आएका छन् ।

त्यसैगरी सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा जन्मिएकी बक्सिङ खेलाडी रावल पनि युवा खेलाडीमा मनोनयनमा परेकी छन् ।
विनाप्रशिक्षक बक्सिङ सिकेकी रावल छोटो समयमा खेलकूद जगत्मा नाम परिचित गराउन सकेकी खेलाडी हुन् ।

केही समयअघि इण्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कास्य पदक जितेर चर्चामा आएकी रावल हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् ।

“पुनमसँगै विमला श्रेष्ठ र प्रशिक्षकमा प्रकाश थापामगर समेत अवार्ड मनोनयनमा परेका छन् ।” बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले भने,“यो बक्सिङका लागि सुखद् कुरो हो ।”

नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गर्ने सम्मानका आठ विधामध्ये पाँच विधाको मनोनयन हुने परम्परा छ । तीमध्ये पिपल््स च्वाइस अवार्ड यसअघि नै सार्वजनिक भइसकेको छ ।

सुदूरपश्चिम खेलकूदका लागि उर्वरभूमि रहेको बताउँदै बक्सिङ प्रशिक्षक समेत रहेका भट्टले भने,“सुदूरपश्चिम हरेक खेल गतिविधिमा अगाडि नै छ ।” खेलाडी÷प्रशिक्षक मनोनयनले खेलाडीमा थप हौसला मिलेको उनको भनाइ छ । “यस प्रकारका अवार्डले खेलाडीलाई प्रदर्शनमा थप हौसला मिल्छ”, उनले भने ।

मनोनयनमा परेका ब्याडमिन्टन खेलाडी धामीले पहिलो पटक मनोनयनमा परेको भन्दै खुशी व्यक्त गरे । “मनोनयन र सम्मानले खेलाडीलाई खेल प्रदर्शनमा थप हौसला पुग्नुका साथै बल पुग्छ”, धामीले भने,“यो खेलाडीका अत्यन्तै सुखद पक्ष हो ।”

त्यसैगरी कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले एउटै प्रदेशबाट तीन खेलाडी पर्नु यहाँका लागि सफल पक्ष भएको बताए । “मनोनयनले अरु खेलाडीमा पनि मेहनत गर्ने हौसला मिल्छ ।” मुख्य प्रशिक्षक भाटले भने,“सुदूरपश्चिममा पनि प्रतिभावान् धेरै खेलाडी जन्मिसकेका छन् ।”

वि.सं.२०७५ जेठ १ मंगलवार १६:३७ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...