१ जेठ, इनरुवा जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारस्थित मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक ४० वर्षीय श्याम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को १० प १०८३ नम्बरकोे मोटरसाइकलमा गइरहेका बेला अनियन्त्रित भई दुर्घटना हुँदा चालक सरदारको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
वि.सं.२०७५ जेठ १ मंगलवार १६:४३ मा प्रकाशित






























