back
CTIZAN AD

स्पोर्टस् अवार्ड मनोनयनमा तीन खेलाडी छनोट

वि.सं.२०७५ जेठ १ मंगलवार

678 

shares

१ जेठ, भीमदत्तनगर । वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षक गरी प्रदेश नं ७ बाट चारजना मनोनयनमा परेका छन् । मनोनयनमा पर्नेमा तीन खेलाडी र एक प्रशिक्षक रहेका छन् ।

बिहिबार आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटासँंगै ब्याडमिन्टन खेलाडी दीपेश धामी, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र बक्सिङकी पुनम रावल परेका छन् ।

नेपाललाई क्रिकेटमा ऐतिहासिक एकदिवसीय मान्यता दिलाउन महत्वूपूर्ण भूमिका निर्वाह गरेका प्रशिक्षक टमाटा पहाडी जिल्ला अछामका बासिन्दा हुन् । उहाँको बसोबास पछिल्लो समय कैलालीको टीकापुरमा रहेको छ । उहाँकै प्रशिक्षणमा नेपाली क्रिकेट टिम आइसीसी विश्वकपलगायत थुप्रै अन्तर्राष्ट्रिय खेलमा विजयी भएको थियो ।

त्यसैगरी वर्षको उत्कृष्ट पुरुष खेलाडीमा ब्याडमिन्टनका दीपेश धामी मनोनयनमा परेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुर घर भएका उनले हाल सशस्त्र प्रहरी बलको एफिएफ क्लबमा आबद्ध भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिँदै आएका छन् ।

उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा शोभा गौचनसँगै मिक्स डबल्सको उपाधि जितेका थिए । सोही प्रतियोगितामा पुरुष एकलमा उनी क्वाटरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी हुन् । धामी घरेलु प्रतियोगिताको स्वर्ण पदकधारी खेलाडीसमेत हुन् ।

उनका बुबा हरकसिंह धामी भलिबलका खेलाडीका रुपमा परिचित छन् । राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य तथा नेपाल खेलकूद महासंघका उपाध्यक्ष समेत रहेका धामी भीमदत्तनगरपालिका–६ को वडाध्यक्ष छन् । उनले छोरालाई खेलजगत्मा स्थापित गराउन मुख्य भूमिका निर्वाह गर्दैआएका छन् ।

यस्तै, भीमदत्तनगरपालिका–१८ कटानका क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी वर्षको युवा खेलाडीको मनोनयमा परेका छन् । नेपाली टिम एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पहिलो पल्ट पुग्दा ऐरी कप्तानको भूमिकामा थिए । विभिन्न अन्तर्राष्ट्रियस्तरका खेलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले हाल नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेललाई निरन्तरता दिँदै आएका छन् ।

प्रदेश नं ७ को विकट पहाडी जिल्ला बाजुरामा जन्मिएकी बक्सिङ खेलाडी पुनम रावल युवा खेलाडीको मनोनयनमा परेकी छिन् । बिनाप्रशिक्षक बक्सिङ सिकेकी रावलले छोटो समयमा चर्चा बटुल्न सफल खेलाडी हुन् । केही समयअघि इण्डियन ओपन बक्सिङमा ६४ किलोमुनिको स्पर्धामा कास्य पदक जितेर चर्चामा आएकी रावल हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् ।

पुनमसँगै बक्सिङ खेलाडी विमला श्रेष्ठ र प्रशिक्षक प्रकाश थापामगर समेत अवार्डको मनोनयनमा परेका छन् । “यो बक्सिङका लागि सुखद् कुरो हो,” ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले भने ।

यस्तै, बाँकेको नेपालगञ्ज घर भएपनि लामो समयसम्म कञ्चनपुर र कैलालीमा ब्याडमिन्टन खेलाडी उत्पादनमा समय खर्चिनुभएका जयन्तकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पर्नुभएको छ । योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा नेपालले एक स्वर्ण, एक रजत तथा एक कास्य पदक जित्दा श्रेष्ठ मुख्य प्रशिक्षकको भूमिका रहेका थिए ।

नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गर्ने सम्मानका आठ विधामध्ये पाँच विधाको मनोनयन हुने परम्परा छ । तीमध्ये पिपुल्स च्वाइस अवार्ड यसअघि नै सार्वजनिक भइसकेको छ । सुदूरपश्चिम खेलकूदका लागि उर्वरभूमि रहेको बताउँदै बक्सिङ प्रशिक्षक भट्टले भने, “सुदूरपश्चिम हरेक खेल गतिविधिमा अगाडि नै छ ।” खेलाडी÷प्रशिक्षक मनोनयनले खेलाडीमा थप हौसला मिलेको उनको भनाइ छ ।

ब्याडमिन्टन खेलाडी धामीले पहिलो पटक मनोनयनमा परेको भन्दै खुशी व्यक्त गरे । “मनोनयन र सम्मानले खेलाडीलाई खेल प्रदर्शनमा थप हौसला पुग्नुका साथै बल पुग्छ”, उनले भने, “यो खेलाडीका लागि अत्यन्तै सुखद पक्ष हो ।”

त्यसैगरी कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले एउटै प्रदेशबाट तीन खेलाडी मनोनयनमा पर्नु प्रदेश नं ७ का लागि सुखद पक्ष भएको बताए । “मनोनयनले अरु खेलाडीलाई समेत मेहनत गर्न हौसला मिलेको छ,” भाटले भने ।

वि.सं.२०७५ जेठ १ मंगलवार १६:४७ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...