back
CTIZAN AD

फेरिँदै जीवनशैली बादी समुदायको

वि.सं.२०७५ जेठ १ मंगलवार

852 

shares

१ जेठ, अछाम ।  साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ ।

सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ/गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरुले अहिले व्यापार र कुखुरापालन गर्दैआएका छन ।

वडाले बादीका दुई परिवारलाई आयआर्जनका लागि रु ५०/५० हजार सहयोग गरेको छ । मिठ्ठु बादीले पसल सञ्चालन गरेका छन्, भने शान्ता बादी कुखुरापालनका लागि खोर व्यवस्थापनमा लागेका हुन् । बादी समुदायले नाचेर, मागेर खानुपर्छ, अरु व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफूले खुद्रा व्यापार शुरु गरेको रमेश बादीले बताएका छन् ।

“पहिलेको जस्तो मागेर खाने अवस्था छैन,” उनले भने, “पहिलेको जस्तो बिक्री हुदँैन, जीवन धान्न व्यापार शुरु गरेको छु ।”

यस्तै शान्ता बादी कुखुरापालन गर्न खोर बनाउन थालेका छन् । नगरपालिकाबाट सहयोग प्राप्त भएपछि उनि निकै खुशी छन । शान्ताको श्रीमान बित्नु भएको सात वर्ष भयो । “श्रीमान हँुदा जेनतेन गुजारा हुन्थ्यो । उनि बितेपछि निकै समस्या भयो । पैसा नहँुदा केही गर्न सकिएन, अब मागेर खाने जमाना गयो,” उनले भने– “खेतीपाती गर्नलाई जमिन छैन ।”

जीविकोपार्जन र आयआर्जनका लागि सहयोग उपलब्ध गराएको साँफेबगर नगरपालिका–४ का वडाअध्यक्ष बालगिरी कुँवरले बताए । बादी समुदायको जीवनस्तर उकास्न सहयोग गरेका हाँै,” उनले भने ।

बादी समुदायको दुई परिवार सॉफेबगर नगरपालिका–४ मष्टामाण्डाँैमा बसोवास गर्दैआएको छ । सरकारको जनता आवासीय कार्यक्रम अन्तर्गत शहरी विकासले रु दुई लाख २५ हजारमा घर निमार्ण गरेपछि उनीहरुलाई ठूलो राहत मिलेको छ ।

वि.सं.२०७५ जेठ १ मंगलवार १६:४९ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...