back
CTIZAN AD

प्राविधिक स्नातक तहको ‘माइक्रो सिलेबस’ तयार

वि.सं.२०७५ जेठ १ मंगलवार

747 

shares

१ जेठ, भक्तपुर । देशभरिका प्राविधिक शिक्षालयमा प्राविधिक तथा व्यावसायिक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सूक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत पाठ्यक्रम महाशाखाको समन्वयमा विभिन्न प्राविधिक विषयका ३०० विज्ञबाट प्राप्त सुझाव संकलन गरी पाठ्यक्रम तयार गरेको फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय अध्यक्ष कश्यप पौडेलले जानकारी दिएका छन् ।
उनले भने “माइक्रो सिलेबस तयार गर्न नर्सिङ, सामान्य चिकित्सा, हेल्थ असिस्टेण्ट, प्रयोगशाला, रेडियोग्राफी, कृषि, भेटेरिनरी, सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङजस्ता विषयका विज्ञहरुको सुझाव संकलन गरिएको हो ।”

सिटिइभिटीलाई हस्तान्तरण गरिएको सो सूक्ष्म पाठ्यक्रम प्राविधिक विद्यार्थीका लागि निकै सहयोगी हुने निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष राम पौडेलले जानकारि दिए ।

उनले भने, “धेरै पछि नेपालमा शुरु भएको प्राविधिक तथा व्यावसायिक विषय अध्ययन गराउने शिक्षकलाई सूक्ष्म रुपमा बुझ्न र विद्यार्थीलाई बुझाउन माइक्रो सिलेबसले सहयोग गर्छ ।”

सिटिइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेतले सरकारले चालू शैक्षिक सत्रदेखि प्राविधिक तथा व्यावसायिक शिक्षालाई उच्च प्राथमिकता दिएकाले त्यसलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले गुणस्तरीय प्राविधिक शिक्षाका लागि सूक्ष्म पाठ्यक्रम कोशेढुंगा सावित हुने दाबी यरेका छन् ।

वि.सं.२०७५ जेठ १ मंगलवार १७:०४ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...