
नेपाल पत्रकार महासंघ युके शाखाको उपाध्यक्ष पदमा खेम राना भाटले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल पत्रकार महासंघ युके शाखाको यहि आउँदो १९ मे, शनिबार हुन गईरहेको महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको उनले बताएका छन् ।
उनले पत्रकार महासंघ युके शाखालाई बेलायतमा क्रियाशील सम्पूर्ण पत्रकारहरुको छाता संगठनको रुपमा सशक्त र सक्षम रुपमा अगाडि बढाउने लगायतका प्रतिबद्धता गरेका छन् ।
यी हुन् उनका प्रतिद्धता
‘नेपाल पत्रकार महासंघ युके शाखाको यहि आउँदो १९ मे, शनिबार हुन गई रहेको महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको कुरा सबैमा सहर्ष जानकारी गराउँछु ।
विद्यालय देखि विश्वविद्यालय तहसम्म नेपालमा रहँदा र सन् २००५ मा युरोप आएदेखि विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव संगालेको छु । साथै लामो समयदेखि विभिन्न मिडियाहरुमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न हुँदै आएको कुरा आदरणीय पत्रकार साथीहरुसंग राख्न चाहान्छु । पछिल्ला केहि वर्षदेखि नेपाली वेभ मिडियामार्फत शुरुवातका केहि वर्ष छापा पत्रिका र अहिले अनलाईन पत्रिका सञ्चालनमा संलग्न छु ।
महासंघको आउँदो कार्यकालमा उपाध्यक्षमा रही काम गर्ने ईच्छाका साथ आदरणीय पत्रकार साथीहरु र नेपाली समाजसँग मेरा केहि प्रतिवद्धता जाहेर गर्न चाहान्छु ।
– पत्रकार महासंघ युके शाखालाई बेलायतमा क्रियाशील सम्पूर्ण पत्रकार साथीहरुको छाता संगठनको रुपमा अझै सशक्त र सक्षम रुपमा अगाडि बढाउन मेरो विशेष पहल रहनेछ ।
–यस शाखा मार्फत युके र नेपालमा क्रियाशील पत्रकारहरुलाई बेलायतका लब्ध प्रतिष्ठित मिडिया हाउसमा क्रियाशील पत्रकार र विश्वविद्यालयमा रही पत्रकारिता सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न विज्ञहरुसँग नियमित रुपमा अन्तरक्रिया, प्रशिक्षण र सेमिनार गराई सम्पूर्ण नेपाली पत्रकारहरुलाई लाभान्दित हुने वातावरण बनाउन लाग्नेछु ।
–युकेस्थित क्रियाशील नेपाली संघ९संस्थाहरु अनि समग्र समाजसँग यो शाखाको सुमधुर सम्बन्ध कायम गर्दै नेपाली समाजलाई पनि सहि मार्ग निर्देशन गर्न गराउन शाखा मार्फत नियमित रुपमा त्यस किसिमको कार्यक्रम ल्याउन क्रियाशील रहनेछु ।
–बेलायत रहेर विभिन्न क्षेत्रमा अनुकरणीय एवं प्रेरणादायी काम गरेका व्यक्तित्वहरुसँग यस शाखा मार्फत अन्तरक्रिया गरेर उनीहरुसँग रहेको ज्ञान, विज्ञता, अनुभवलाई नेपाल र नेपाली समाजसँग ल्याई सिक्ने जान्ने अवसर सृजना गराउन पहल गर्नेछु ।
माथि उल्लेखित यी र यस्तै अन्य महत्वपुर्ण कार्यहरु गर्न गराउन बेलायत शाखाको आगामी कार्यकालमा उपाध्यक्षमा रही काम गर्ने अवसर जुटाई दिनु हुन सम्पूर्ण आदरणीय पत्रकार साथीहरुसँग हार्दिक अनुरोध गर्दछु । साथै समाजका अग्रज आदरणीय व्यक्तित्वहरुसँग पनि यस किसिमको वातावरण निर्माणमा आफ्नो ठाउँबाट सहयोग पु¥याई दिनु हुन सबैसँग मेरो विनम्र अनुरोध छ । सबैलाई नमस्कार ।’
खेमराज रानाभाट
उपाध्यक्ष पदमा उम्मेदवार
नेपाल पत्रकार महासंघ युके
वि.सं.२०७५ जेठ १ मंगलवार १७:१६ मा प्रकाशित






























