Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

‘दोस्रो राष्ट्रिय आप्रवास सम्मेलन’ सम्पन्न



१३ असोज, काठमाडौँ । वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न विभिन्न सुझाव प्रस्तुत गर्दै दोस्रो राष्ट्रिय आप्रवास सम्मेलन बुधबार यहाँ सम्पन्न भएको छ ।

आप्रवासको समस्या समाधानका लागि रोजगार पूर्व, प्रस्थान पूर्व, कार्यस्थल र पुनःएकीकरण गरी चार चरणमा अवलम्बन गरिनुपर्ने उपायका सम्बन्धमा सम्मेलनले सुझाव दिएको छ ।

रोजगार पूर्व चरणअन्तर्गत स्वदेशमै रोजगार तथा उद्यमशीलताको विकास गर्ने, वैदेशिक रोजगारसँग सम्बन्धित अवसर, जोखिम, विकल्प, आर्थिक साक्षरता र सुरक्षाका विषयमा स्थानीयस्तरसम्म सूचना प्रवाह गर्न सूचना तथा परामर्श केन्द्रको विस्तारलगायत विषय समावेश छन् ।

प्रस्थान पूर्व चरणअन्तर्गत अन्तर्राष्ट्रिय बजारको मागअनुरुप देशगत रुपमा तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने, निःशुल्क टिकट र प्रवेशाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने, कामदारलाई लक्षित गरी सीप विकास तालिमका पाठ्यक्रम पुनरावलोकन गर्ने, दुई प्रकारको करारपत्रको अन्त्य गरिनुपर्ने उल्लेख छ ।

कार्यस्थल चरणअन्तर्गत नेपाली कामदार ल्याउन चाहने कम्पनीले सम्बन्धित देशको नेपाली दूतावासमा दर्ता भएको प्रमाण लिनुपर्ने, मन्त्रालय, विभाग र दूतावासमा कामदारको विवरण देशगतरुपमा कम्प्युटर प्रणालीमा राखिनुपर्ने, कामदारको सङ्ख्याका आधारमा गन्तव्य मुलुकमा श्रमसहचारी तथा कानुन अधिकृतसहितको पर्याप्त जनशक्तिको व्यवस्था गर्नुपर्ने, प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्नुपर्ने सुझाव दिइएको छ ।

पुनःएकीकरण चरणअन्तर्गत वैदेशिक रोजगारबाट फर्केका कामदारको सीप र विपे्रषणको प्रयोग गर्दे उद्यमशीलता विकासका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने कामदारका परिवारको सुरक्षामा विशेष ध्यान केन्द्रित गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदार र उनीहरुका परिवार लक्षित सञ्जाल स्थापना गरी आर्थिक साक्षरता कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

भारतमा जाने कामदारको हक अधिकार संरक्षणका लागि अभिलेखको व्यवस्थापन, सहज रुपमा बैंक खाता खोल्न पाउने व्यवस्था, सीमा क्षेत्रमा लुटिने विद्यमान प्रवृत्तिविरुद्ध ठोस कार्यक्रम, बेपत्ता भएका कामदारको खोजी र बिमाको व्यबस्था गरिनुपर्ने सम्मेलनले सुझाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम), अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), एसिएन फोरम, माइती नेपाललगायत आप्रवासका क्षेत्रमा क्रियाशील १४ संस्थाले संयुक्त रुपमा सम्मेलन आयोजना गरेका थिए । सम्मेलन मङ्गलबारदेखि सुरु भएको थियो ।

सम्मेलनमा वैदेशिक रोजगारमा जाने कामदारको अधिकार, तालिम, स्वास्थ्य समस्या, विप्रेषणको सदुपयोग, भारतमा रहेका आप्रवासी कामदारको अवस्था, निःशुल्क टिकट र प्रवेशाज्ञाको कार्यान्वयन, घरेलु कामदारको समस्या तथा आप्रवास र मानव बेचबिखनबीचको अन्तरसम्बन्धलगायतका विषयमा स्वदेश तथा विदेशका विषयविज्ञबाट २५ वटा कार्यपत्र प्रस्तुत भएका थिए । २५० भन्दा बढी सहभागीले कार्यपत्रमाथिको छलफलमा भाग लिएका थिए ।


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज