Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु



१३ असोज, धनगढी । एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा बुधबार आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्तालागेको छ ।

यो समेतगरी कैलालीमा विसं २०६३ देखि अहिलेसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २१८ जना पुगेको छ ।

जिल्लामा पत्तालागेकामध्ये एआरटी खानुपर्ने अवस्थाका जम्मा एक हजार ११ जना सङ्क्रमितले सेती अञ्चल अस्पताल धनगढी र टीकापुर अस्पतालमा रहेका एआरटी सेन्टरमार्फत एड्सविरुद्धको एआरटी (एन्टी रेक्टोभाइरल थेरापी) औषधि खाइरहेका छन् ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक महेश चन्दले यो रोगबारे बढेको जनचेतनाका कारण नेपालमा एचआइभी सङ्क्रमण दर पछिल्लो केही वर्षदेखि घटेको बताउँदै यो रोग रोकथामका लागि नेपालमा सन् २०१६ देखि २०२१ सम्म ‘फास्ट ट्र्याक टार्गेट’ द्रुतमार्ग लक्ष्यसहितको योजना बन्न लागेको जानकारी दिनुभयो । यो योजनाअन्तर्गत ‘९०–९०–९०’ को रणनीति बनाउन लागिएको छ ।

रणनीतिमा पहिलो ९० अङ्कले अबको शङ्कास्पद जनसङ्ख्याको ९० प्रतिशत जनसङ्ख्यालाई एचआइभीको परीक्षण गराउने भन्ने बुझिन्छ । यस्तै दोस्रो ९० अङ्कले एचआइभी सङ्क्रमितमध्ये ९० प्रतिशतलाई एआरटी सेवा उपलब्ध गराउने र तेस्रो ९० अङ्कले एआरटी सेवा लिनेमा भाइरल लोड (जीवाणु दर घटाउने) भन्ने बुझिन्छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम