Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

ज्वालामुखी विस्फोटनका कारण पर्यटक हटाइए



१३ असोज, जाकार्ता । मध्य इन्डोनेसियाको वेस्ट नुसा टेङ्गारा प्रान्तको एउटा पर्वतमा ज्वालामुखी विस्फोट भएको हुँदा त्यस क्षेत्रमा भ्रमण गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई बुधबार तत्काल हटाई रिक्त पारिएको छ ।

इन्डोनेसियाका प्रहरी, राष्ट्रिय सेना तथा स्थानीय अधिकारीहरूको संयुक्त प्रयासमा भेटिएजत्ति विदेशी तथा स्वदेशी पर्यटकहरूलाई बाहिर खतरामुक्त र सुरक्षित स्थानतर्फ पठाइएको छ ।

रमणीय प्राकृतिक दृश्यसहितको सो क्षेत्र निकै विशाल भएका कारण अन्य सयौँ पर्यटकको व्यापक खोजी भई रहेको पनि राष्ट्रिय प्राकृतिक प्रकोप नियन्त्रण निकायले जनाएको छ ।

वेस्ट नुसा टेङ्गारा प्रान्तमा अवस्थित विभिन्न पर्वत शृङ्खलामध्ये रिन्जानी शिखरकी छोरी भनी परिचित बारुजारी शिखरबाट गएराति अचानक ज्वालामुखी विस्फोट भएको छ । सो इलाकाको आकाशमा दुई किलोमिटर माथिसम्म आगोको लप्का र तातो खरानीको मुस्लो उठेको उक्त निकायले जानकारी दिएको छ ।

बारुजारी पर्वतको चुचुरोले ज्वालामुखी ओकलेकै बखत तीनसयभन्दा बढी विदेशी र ५६ जना जति स्वदेशी पर्यटक त्यस क्षेत्र वरपर घुमिरहेका थिए ।

स्थानीय निकायले घटनास्थल वरिपरी तीन किलोमिटर टाढासम्म “खतरा क्षेत्र” घोषणा गरी त्यस क्षेत्रका बासिन्दालाई चनाखो रहन आह्वान गरेको छ ।

ज्वालामुखी विस्फोटबाट उत्पन्न हानिकारक ग्यास, धुवाँ र धुलोबाट जोगिन स्थानीय जनतालाई तीनलाख थानभन्दा बढी मास्क वितरण गर्ने तयारी पनि भई रहेको जनाइएको छ ।

इन्डोनेसियामा १७ हजार ५ सयभन्दा बढी सामुन्द्रिक द्विप रहेका तथा विशाल र सक्रिय ज्वालामुखीय पर्वत १२९ रहेका छन् । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम