back
CTIZAN AD

अभिव्यक्ति विवादमा आएपछि ज्ञानेन्द्र शाहीले दिए प्रष्टीकरण

वि.सं.२०८३ साउन ३ आइतवार

144 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथासंसदीय दलको नेता ज्ञानेन्द्र शाहीले जापानमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद भएपछि उनले आफ्नो भनाइको आशयबारे प्रष्टीकरण दिएका छन्।

कर्णाली प्रवासी संघको निमन्त्रणामा जापान पुगेका शाहीले आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले विदेशमा बसेर सामाजिक सञ्जालमार्फत चरित्रहत्या, अपमानजनक सामग्री उत्पादन तथा विवाद सिर्जना गरेर आर्थिक लाभ लिने केही समूहको आलोचना गरेका थिए। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनले सम्पूर्ण प्रवासी नेपाली समुदायलाई लक्षित गरेर टिप्पणी गरेको भन्दै आलोचना भएको थियो।

विवाद बढेपछि शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा स्पष्ट पार्दै आफूले विदेशमा रहेका सबै नेपालीलाई लक्षित नगरेको बताएका छन्। उनले आफ्नो टिप्पणी विशेष रूपमा “टीओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू र खराने ग्याङका अन्धसमर्थक” भनेर उल्लेख गरेका केही समूहप्रति केन्द्रित रहेको दाबी गरेका छन्।

शाहीले ती समूहले अरूको चरित्रमाथि आक्रमण गर्ने, अपमानजनक सामग्री तयार पार्ने र विवाद सिर्जना गरेर पैसा कमाउने काम गरिरहेको आरोप लगाएका छन्। यस्ता सामग्री आफ्नै परिवारका सदस्यका अगाडि बसेर हेर्न वा सुन्न पनि नसकिने खालका हुने उनको भनाइ छ।

उनले महिलाको सम्मान नगर्ने, राष्ट्रको गरिमालाई बेवास्ता गर्ने र फरक विचार राख्ने व्यक्तिमाथि असहिष्णु व्यवहार गर्ने प्रवृत्तिको आफूले विरोध गरेको स्पष्ट पारे। “मैले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन। मेरो टिप्पणी त्यस्ता प्रवृत्तिप्रति हो, विदेशमा रहेका सबै नेपालीप्रति होइन,” उनले उल्लेख गरेका छन्।

शाहीले आलोचना लोकतान्त्रिक अधिकार भएको स्वीकार गर्दै आलोचना सत्यतथ्यमा आधारित, सभ्य, मर्यादित र जिम्मेवारीपूर्ण हुनुपर्ने धारणा पनि राखेका छन्।

 

वि.सं.२०८३ साउन ३ आइतवार १३:३१ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...