back
CTIZAN AD

प्रचण्ड आज स्वदेश फर्कंदै

वि.सं.२०८३ साउन ३ आइतवार

42 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज श्रीलंकाको भ्रमण पूरा गरी स्वदेश फर्कंदै छन्।  श्रीलंका भ्रमण तीन दिने भ्रमण सकी आज फर्कन लागेका हुन्र । उनी जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका थिए भने जुलाई १६ देखि १८ सम्म कोलम्बोमा आयोजित International Peoples’ Assembly को एसियाली संवाद Asian Dialogue मा सहभागी भएका थिए।

श्रीलंकाको सत्तारूढ दल जनता विमुक्ति पेरामुना (JVP) का महासचिव तिल्भिन शिल्भासँग भेटवार्ता गरेका छन्। कोलम्बोस्थित जेभीपीको केन्द्रीय कार्यालयमा भएको भेटमा नेपाल र श्रीलंकाको कम्युनिस्ट आन्दोलन, दुई पार्टीबीचको सम्बन्ध, एसियाली समाजवादी तथा कम्युनिस्ट पार्टीहरूबीच सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

भेटवार्ताका क्रममा दुवै नेताले बदलिँदो राजनीतिक परिवेशमा कम्युनिस्ट आन्दोलनलाई थप प्रभावकारी बनाउने, अनुभव आदानप्रदान गर्ने तथा साझा लक्ष्य समाजवाद निर्माणका लागि क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने विषयमा गहन विमर्श गरेका थिए।  भ्रमणका क्रममा उनले श्रीलंकाका राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल गरेका थिए।

त्यसैगरी  ‘प्रचण्ड’ले श्रीलंका भ्रमणका क्रममा समाजवाद निर्माण र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा विभिन्न देशका कम्युनिस्ट नेताहरूसँग छुट्टाछुट्टै महत्त्वपूर्ण भेटवार्ता तथा छलफल गरेका छन्।

भ्रमणका क्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनका साझा चुनौती, समाजवाद निर्माणका अनुभव, बदलिँदो विश्व राजनीतिक परिस्थिति तथा प्रगतिशील शक्तिबीच सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। उनले विश्वभरका कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच एकता, सहकार्य र अनुभव आदानप्रदानको आवश्यकता औंल्याउँदै वर्तमान चुनौतीको सामना सामूहिक प्रयासबाट मात्रै सम्भव हुने धारणा राखेका थिए।

नेकपाका अनुसार श्रीलंका भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशका नेताहरूसँग द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी हितका विषयमा समेत छलफल गरेका छन्। भ्रमण सम्पन्न गरी उनी आज स्वदेश  फर्कंदैछन् ।

वि.सं.२०८३ साउन ३ आइतवार १३:०८ मा प्रकाशित

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षापछि काठमाडौंस्थित बागमती नदीको बहाव सतर्कता तहभन्दा...

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

चितवन ।  स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग...

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक शक्ति संघर्ष अब थप...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा....

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार...