back
CTIZAN AD

आज देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

वि.सं.२०८३ साउन ३ आइतवार

66 

shares

काठमाडौं । देशभर मनसुनको प्रभाव थप सक्रिय भएसँगै आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा औसत स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा औसत स्थानकै आसपास रहेकाले देशभर वर्षाको प्रभाव देखिएको हो।

महाशाखाका अनुसार दिउँसो हिमाली, पहाडी तथा तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुन सक्ने छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा रातिको समयमा पनि अति भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै नदी किनार, पहिरो प्रभावित क्षेत्र र कमजोर बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहायता माग्न १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बर प्रयोग गर्न आग्रह गरेको छ।

वि.सं.२०८३ साउन ३ आइतवार १२:४५ मा प्रकाशित

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

बागमती नदीले पार गर्‍यो सतर्कता तह, सोमबार बिहानसम्म उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षापछि काठमाडौंस्थित बागमती नदीको बहाव सतर्कता तहभन्दा...

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

चितवन ।  स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग...

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

कांग्रेसमा शक्ति संघर्ष थप चर्कियो – देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक शक्ति संघर्ष अब थप...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

नेपाली सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णयप्रति नेकपा नेताकाे आपत्ति

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा....

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चित गर्न कार्ययोजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार...