काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ र आकर्षक बचत योजना सार्वजनिक गरेको छ ।
बैंकले “बचतको योजना, बीमा सहितको भरोसा“ मूल नाराका साथ यो विशेष बचत खाता योजना संचालनमा ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले नेपाल एसबिआई बैंकमा बचत खाता खोल्दा आकर्षक ब्याजदर पाउनुका साथै सहज रूपमा अतिरिक्त बीमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार ग्राहकहरूमा बचत गर्ने बानीको विकास गराउनुका साथै उनीहरू र उनीहरूको परिवारको भविष्यलाई थप सुरक्षित र सुनिश्चित बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यस योजनामा समाविष्ट बीमा सुविधाको प्रक्रियालाई अत्यन्तै सरल र झन्झटमुक्त बनाइएको छ, जसले गर्दा आम सर्वसाधारणले बिना कुनै कठिनाइ दीर्घकालीन सुरक्षाको लाभ लिन सक्नेछन् ।
वि.सं.२०८३ साउन ३ आइतवार १२:३६ मा प्रकाशित






























