Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

पेरिसले अन्तर्राष्ट्रिय बैठकको आतिथ्य गर्ने



१३ असोज, पेरिस । लिबियामा जारी द्वन्द्व समाधानको विषयलाई लिएर आगामी हप्ता हुन गइरहेको एक अन्तर्राष्ट्रिय बैठकको फ्रान्सले आतिथ्य गर्ने भएको छ ।

यस बैठकमा गहन छलफलका लागि सो क्षेत्रका इजिप्ट, खाडीका राष्ट्रहरूका साथै विश्वका अन्य देशको सहभागिता रहने फ्रान्स सरकारका प्रवक्ताले बताएका छन् ।

द्वन्द्व समाधान र लिबियामा आवश्यक राजनीतिक एकता कायम गराउने उपायको खोजी गर्नका लागि काँधमा काँध मिलाई एकै स्थानमा उभिन यस अन्तर्राष्ट्रिय बैठकले इजिप्ट, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीलगायत विश्वका अन्य मुलुकलाई समेत संयुक्त मञ्च उपलब्ध गराउँछ ।

फ्रान्सका विदेश मन्त्री जिनमार्क आरोल्तले फ्रान्सेली मन्त्रिपरिषद्को बैठकलाई सो जानकारी दिनुभएको विदेश मन्त्रालयका प्रवक्ता स्टिफेन ल फोलले बताएका छन् । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ