Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्यौलमा प¥यो सार्क सम्मेलन



१३ असोज, नयाँ दिल्ली । दक्षिण एसियाली एक महत्वपूर्ण सङ्गठन सार्कको आगामी शिखर सम्मेलन अन्यौलमा परेको समाचार छ ।

आगामी करिब दुुई महिनापछि पाकिस्तानमा हुन लागेको सो सम्मेलन अन्तिम समयमा आएर हुने कि नहुने दुबिधामा परेको पाइएको छ ।

उक्त सम्मेलनमा आफू सहभागी नहुने भनी सार्कको एक सदस्य राष्ट्र भारतले जानकारी गराएपछि सार्कको आगामी सम्मेलन आयोजना हुने कि नहुने भनी अन्यौलमा परेको समाचारमा जनाइएको छ ।
विशेषगरी गत हप्ता भारतमा भएको आतङ्ककारी हमला र त्यसमा पाकिस्तानको हात रहेको भन्ने भारतको आरोपपछि भारतको यो पछिल्लो निर्णय आएको थियो ।

उक्त भारतीय कदमको समर्थन गर्दै सार्कका अरु तीन वटा सदस्य राष्ट्रले पनि सो सम्मेलनमा आफूहरू पनि सहभागी नहुने जानकारी सार्कको हाल अध्यक्ष राष्ट्र नेपाललाई पठाएका थिए ।

यस निर्णयपछि हालको अध्यक्ष राष्ट्र नेपालको कुनै प्रतिक्रिया त आएको छैन तर पनि कुनै पनि एक सदस्य राष्ट्र नै उपस्थित नहुदा सम्मेलन नै नहुने प्रावधान रहेकोले अब यस सम्मेलन समयमै हुनेमा भने गम्भीर रूपमा शङ्का पैदा भएको छ ।

सार्कको आगामी सम्मेलन १९ औँ हो र यसको आयोजक राष्ट्र पाकिस्तान हो । यो पछिल्लो निर्णयसँगै भारत र पाकिस्तानबीचका सम्बन्धमा थप दरार उत्पन्न भएको छ ।

उक्त सम्मेलन आगामी नोभेम्बर महिनामा पाकिस्तानमा हुन लागेको थियो । तर स्थगित भएको निर्णय भने आधिकारिक रूपमा गरिएको छैन ।

भारतीय भूमी कश्मिरको उरीमा गत हप्ता भएको आक्रमणमा परी कम्तीमा पनि १८ जना भारतीय सेनाको ज्यान गएको थियो ।

यस आक्रमणमा भारतले पाकिस्तानको हात रहेको जनाएको छ । तर पाकिस्तानले भने यसको खण्डन गरेको छ ।

यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी नोभेम्बरमा हुन लागेको १९ औँ सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।

सो जानकारी भारतीय विदेशमन्त्रालयले दिएको हो । पाकिस्तानको नाम नै नलिई सो विज्ञप्तिमा भारतीय सीमा क्षेत्रमा जारी रहेको आतङ्कवादी क्रियाकलापका कारण भारतले सो सम्मेलनमा भाग लिन नसक्ने जानकारी दिएको हो ।

यस विषयमा पाकिस्तानले केही बताएको छैन । उता नेपालको पनि कुनै प्रतिक्रिया आएको छैन । एएफपी


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन