back
CTIZAN AD

अन्यौलमा प¥यो सार्क सम्मेलन

वि.सं.२०७३ असोज १३ बिहीवार

1.4K 

shares

१३ असोज, नयाँ दिल्ली । दक्षिण एसियाली एक महत्वपूर्ण सङ्गठन सार्कको आगामी शिखर सम्मेलन अन्यौलमा परेको समाचार छ ।

आगामी करिब दुुई महिनापछि पाकिस्तानमा हुन लागेको सो सम्मेलन अन्तिम समयमा आएर हुने कि नहुने दुबिधामा परेको पाइएको छ ।

उक्त सम्मेलनमा आफू सहभागी नहुने भनी सार्कको एक सदस्य राष्ट्र भारतले जानकारी गराएपछि सार्कको आगामी सम्मेलन आयोजना हुने कि नहुने भनी अन्यौलमा परेको समाचारमा जनाइएको छ ।
विशेषगरी गत हप्ता भारतमा भएको आतङ्ककारी हमला र त्यसमा पाकिस्तानको हात रहेको भन्ने भारतको आरोपपछि भारतको यो पछिल्लो निर्णय आएको थियो ।

उक्त भारतीय कदमको समर्थन गर्दै सार्कका अरु तीन वटा सदस्य राष्ट्रले पनि सो सम्मेलनमा आफूहरू पनि सहभागी नहुने जानकारी सार्कको हाल अध्यक्ष राष्ट्र नेपाललाई पठाएका थिए ।

यस निर्णयपछि हालको अध्यक्ष राष्ट्र नेपालको कुनै प्रतिक्रिया त आएको छैन तर पनि कुनै पनि एक सदस्य राष्ट्र नै उपस्थित नहुदा सम्मेलन नै नहुने प्रावधान रहेकोले अब यस सम्मेलन समयमै हुनेमा भने गम्भीर रूपमा शङ्का पैदा भएको छ ।

सार्कको आगामी सम्मेलन १९ औँ हो र यसको आयोजक राष्ट्र पाकिस्तान हो । यो पछिल्लो निर्णयसँगै भारत र पाकिस्तानबीचका सम्बन्धमा थप दरार उत्पन्न भएको छ ।

उक्त सम्मेलन आगामी नोभेम्बर महिनामा पाकिस्तानमा हुन लागेको थियो । तर स्थगित भएको निर्णय भने आधिकारिक रूपमा गरिएको छैन ।

भारतीय भूमी कश्मिरको उरीमा गत हप्ता भएको आक्रमणमा परी कम्तीमा पनि १८ जना भारतीय सेनाको ज्यान गएको थियो ।

यस आक्रमणमा भारतले पाकिस्तानको हात रहेको जनाएको छ । तर पाकिस्तानले भने यसको खण्डन गरेको छ ।

यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी नोभेम्बरमा हुन लागेको १९ औँ सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।

सो जानकारी भारतीय विदेशमन्त्रालयले दिएको हो । पाकिस्तानको नाम नै नलिई सो विज्ञप्तिमा भारतीय सीमा क्षेत्रमा जारी रहेको आतङ्कवादी क्रियाकलापका कारण भारतले सो सम्मेलनमा भाग लिन नसक्ने जानकारी दिएको हो ।

यस विषयमा पाकिस्तानले केही बताएको छैन । उता नेपालको पनि कुनै प्रतिक्रिया आएको छैन । एएफपी

वि.सं.२०७३ असोज १३ बिहीवार ०३:४१ मा प्रकाशित

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना) । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले...

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी विकासलाई थप गति...

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने...

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको...