back
CTIZAN AD

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

वि.सं.२०७३ असोज १३ बिहीवार

1.3K 

shares

१३ असोज, धनगढी । एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा बुधबार आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्तालागेको छ ।

यो समेतगरी कैलालीमा विसं २०६३ देखि अहिलेसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २१८ जना पुगेको छ ।

जिल्लामा पत्तालागेकामध्ये एआरटी खानुपर्ने अवस्थाका जम्मा एक हजार ११ जना सङ्क्रमितले सेती अञ्चल अस्पताल धनगढी र टीकापुर अस्पतालमा रहेका एआरटी सेन्टरमार्फत एड्सविरुद्धको एआरटी (एन्टी रेक्टोभाइरल थेरापी) औषधि खाइरहेका छन् ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक महेश चन्दले यो रोगबारे बढेको जनचेतनाका कारण नेपालमा एचआइभी सङ्क्रमण दर पछिल्लो केही वर्षदेखि घटेको बताउँदै यो रोग रोकथामका लागि नेपालमा सन् २०१६ देखि २०२१ सम्म ‘फास्ट ट्र्याक टार्गेट’ द्रुतमार्ग लक्ष्यसहितको योजना बन्न लागेको जानकारी दिनुभयो । यो योजनाअन्तर्गत ‘९०–९०–९०’ को रणनीति बनाउन लागिएको छ ।

रणनीतिमा पहिलो ९० अङ्कले अबको शङ्कास्पद जनसङ्ख्याको ९० प्रतिशत जनसङ्ख्यालाई एचआइभीको परीक्षण गराउने भन्ने बुझिन्छ । यस्तै दोस्रो ९० अङ्कले एचआइभी सङ्क्रमितमध्ये ९० प्रतिशतलाई एआरटी सेवा उपलब्ध गराउने र तेस्रो ९० अङ्कले एआरटी सेवा लिनेमा भाइरल लोड (जीवाणु दर घटाउने) भन्ने बुझिन्छ । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार ०३:२१ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...