back

उखुखेती गरेकोमा पछुतो मान्छन रौतहटका किसानहरु

वि.सं.२०७३ असोज १४ शुक्रवार

1K 

shares

१४ असोज, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् ।

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले विगत तीन वर्षदेखिको रकम श्रीराम सुगर मिल्स, गरुडाबाट पाउँदा पश्चाताप मानिरहेका छन् । जिल्लाको अधिकांश कृषक गाउँघरकै साहु महाजनबाट लिएको रकमबाट उखुखेती गर्ने गर्दछन् । उक्त चिनी मिल्सले दसैँको फूलपातीसम्म रु ११ करोड बक्यौता भुक्तानी गर्ने जनाएको छ ।

विगत तीन वर्षदेखिको बक्यौता रकम भुक्तानी हुनुपर्ने माग राख्दै कृषकले उखु उत्पादक सङ्घको अगुवाइमा पटक–पटक आन्दोलन गर्दा पनि चिनी मिल्सले बेवास्ता गर्दै आएको थियो ।

चर्को ब्याजमा ऋण लिएर खेती गर्ने र उधारोमा उद्योगलाई बेच्नुपर्ने बाध्यताका कारण कृषक उखु खेतीलाई उधारोबाली भन्न थालेका छन् । उखु बिक्रीबापतको रकम भुक्तानीमा हुने गरेको ढिलासुस्तीप्रति सरकारले विशेष ध्यान दिनु पर्ने स्थानीय कृषक रामआयोधी साहले बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १४ शुक्रवार ०३:४६ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...