back
CTIZAN AD

उखुखेती गरेकोमा पछुतो मान्छन रौतहटका किसानहरु

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.4K 

shares

१४ असोज, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् ।

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले विगत तीन वर्षदेखिको रकम श्रीराम सुगर मिल्स, गरुडाबाट पाउँदा पश्चाताप मानिरहेका छन् । जिल्लाको अधिकांश कृषक गाउँघरकै साहु महाजनबाट लिएको रकमबाट उखुखेती गर्ने गर्दछन् । उक्त चिनी मिल्सले दसैँको फूलपातीसम्म रु ११ करोड बक्यौता भुक्तानी गर्ने जनाएको छ ।

विगत तीन वर्षदेखिको बक्यौता रकम भुक्तानी हुनुपर्ने माग राख्दै कृषकले उखु उत्पादक सङ्घको अगुवाइमा पटक–पटक आन्दोलन गर्दा पनि चिनी मिल्सले बेवास्ता गर्दै आएको थियो ।

चर्को ब्याजमा ऋण लिएर खेती गर्ने र उधारोमा उद्योगलाई बेच्नुपर्ने बाध्यताका कारण कृषक उखु खेतीलाई उधारोबाली भन्न थालेका छन् । उखु बिक्रीबापतको रकम भुक्तानीमा हुने गरेको ढिलासुस्तीप्रति सरकारले विशेष ध्यान दिनु पर्ने स्थानीय कृषक रामआयोधी साहले बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १४ शुक्रवार ०३:४६ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...