back
CTIZAN AD

अन्तर्राष्ट्रिय अहिंसा दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइदैं

वि.सं.२०७३ असोज १६ आइतवार

1.1K 

shares

१६ असोज, काठमाडौँ । आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ ।

विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र सङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो ।

सन् २००८ देखि राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । यो दिवस नेपालमा पनि सन् २००८ देखि मनाउन थालिएको राष्ट्र सङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि डा जयराज आचार्यले राससलाई जानकारी दिनुभयो ।

“महात्मा गान्धीले अहिंसाका लागि प्रेरणा दिएको भन्दै संयुक्त राज्य बेलायतले पार्लियामेन्ट स्क्वायर अगाडि विन्स्टन चर्चिलको सालिकसँगै उहाँको पनि सालिक निर्माण गरेको छ, गान्धीको जीवन यात्राले विश्व जगत्लाई अहिंसाका लागि प्रेरित गरेको छ” – उहाँले भन्नुभयो ।

यस अवसरमा आज प्रजातन्त्र तथा विकास केन्द्र र तक्षशिला एकेडेमीले संयुक्त रुपमा सामाखुसीमा अहिंसा दिवससम्बन्धी प्रवचन कार्यक्रम आयोजना गरेको छ । यसैगरी मानवअधिकार तथा शान्ति समाजले बेलुकी ५ बजे बौद्ध स्तुपमा दीप प्रज्ज्वलन गर्ने भएको छ ।

वि.सं.२०७३ असोज १६ आइतवार ०३:४४ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...