back
CTIZAN AD

स्थानीयको सक्रियतामा पदमार्ग मर्मत

वि.सं.२०७३ असोज १७ सोमवार

843 

shares

१७ असोज,बाबियाचौर (म्याग्दी) । पहिरो र बाढीका कारण अवरुद्ध भएको म्याग्दीको मुदीस्थित धौलागिरि चक्रिय पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ ।

गत असारदेखि अवरुद्ध भएको पदमार्ग स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी आइतबारदेखि खुलाएका हुन् । पहिरो र बाढीले भत्काएको पदमार्ग मर्मतका साथै विभिन्न ठाउँमा अस्थायी पुल निर्माण गरेर पदमार्गमा सहजरुपमा आवतजावत गर्न सकिने स्थानीय बासिन्दा बोमबहादुर पुनले जानकारी दिनुभयो ।

भिरबाट खसेको ढुङ्गाले लागेर दोभानस्थित म्याग्दी नदी माथि रहेको झोलुङ्गे पुल छिनालेकाले सो स्थानमा काठको अस्थायी पुल (साँघु) बनाएर खोला तर्न सकिने बनाइएको छ । यसैगरी अन्य ठाउँमा खसेको पहिरो र बाढीका कारण भत्किएको पदमार्ग समेत मर्मत गरिएको छ ।

जिविसको रु एक लाख सहयोगका साथै बगरका ३५ घरधुरीले एक हप्तासम्म श्रमदान गरेर पदमार्ग मर्मत गरेका हुन् । म्याग्दीको मुदी हुँदै संसारको सातौं अग्लो धौलागिरि हिमालको आरोहण र मुस्ताङ जानका लागि यो पदमार्ग प्रयोग हुने गर्छ । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो पदमार्गमा पर्यटक आउने गर्छन् । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ०२:५५ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...