back

प्रधानमन्त्रीले २५ बुँदे सम्झौता गर्दा रातभर निन्द्रा लागेनः बाबुराम भट्टराई

वि.सं.२०७३ असोज १७ सोमवार

723 

shares
IME Limited
NTC AD

baburam bhattarai

१७ असोज, काठमाण्डौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा आइतबार आयोजित शुभकामना आदानप्रदान एवम चियापान कार्यक्रममा उनले भने  भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरित रहेको छ ।
संयोजक डा. भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको चर्चा गर्दै प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छु भने । सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमापर्ने बताउँदै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
डा भट्टराईले भने–पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न सक्दैन, देश विकास र समृद्धितर्फ अगाडि बढ्छ ।‘प्रचण्डले भारतसँग राष्ट्रियहित विपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै उनले भने–प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।

वि.सं.२०७३ असोज १७ सोमवार ०३:३३ मा प्रकाशित

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक...

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : प्रचण्ड

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : प्रचण्ड

काठमाडौँ। प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

काठमाडौंं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से)...

स्पेन प्रकरण छनबिन गर्न गृहमन्त्रीले बोलाए आकस्मिक बैठक

स्पेन प्रकरण छनबिन गर्न गृहमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हालै स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा...

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...