back
CTIZAN AD

सुर्यविनायक नगरपालिका, ७६ करोडको बजेट सार्वजनिक

वि.सं.२०७५ असार १३ बुधवार

1.3K 

shares

१३ असार, भक्तपुर । सूर्यविनायक नगरपालिकाले आव २०७५/७६ का लागि रु ७६ करोड ४५ लाखको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले चालु आव भन्दा ४३ प्रतिशत बजेट वृद्धि गर्दै तेस्रो नगरसभाबाट पारित सो बजेट सार्वजनिक गरेका हुन् ।

आव २०७५÷७६ को लागि आन्तरिक आय र राजस्व बाँडफाँड गरी रु २७ करोड २४ लाख ६५ हजार तथा नेपाल सरकारबाट समानीकरण र सशर्त अनुदान गरी रु ४९ करोड २० लाख ६२ हजार गरी कुल रु ७६ करोड ४५ लाख २७ हजारको बजेट सार्वजनिक गरेका हुन् । यसमा पूँजीगततर्फ रु ३७ करोड २० लाख ८४ हजार र चालुतर्फ ३९ करोड २४ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ ।

नगरसभाले सडक निर्माण गर्दा कम्तीमा छ मिटर चौडा हुनुपर्ने मापदण्ड तोकेको छ । संस्थागत विद्यालयको सहभागितामा शिक्षा सुधार कोषको स्थापना गरिने भएको छ । प्रत्येक सहकारी संस्थाले कम्तीमा एक सामाजिक कार्य गर्नुपर्ने र एक घरमा दुई विरुवा अनिवार्य रुपमा रोप्नु पर्र्ने नियम पनि नगरसभाले बनाएको छ ।
नगरपालिकाले ‘कर डर होइन, नगर विकासको भर हो’ भन्ने नाराका साथ करको दायरालाई फराकिलो बनाएको छ । नगरपालिकाले विभिन्न पाँच वटा विधयेक र नौ वटा संशोधनसहितको कार्यविधि पारित गरेको छ ।

नगरपालिकाले रु एक करोड र सोभन्दा माथिका ११ वटा ठूला सडक आयोजना र रु ३० लाखभन्दा बढीका १० आयोजना सञ्चालन गर्ने भएको छ । नगरपालिकाले रु पाँच लाखभन्दा कम रकमको साना र टुक्रे योजनालाई बजेट विनियोजन गरेको छैन । सडकमा मात्रै कुल विकास बजेटको ७० प्रतिशत बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले रु पाँच लाखभन्दा माथिको निर्माण आयोजना भने उपभोक्ता समितिलाई नदिने भएको छ । पाँच लाखभन्दा माथिको कुनै पनि आयोजनाहरु बोलपत्र आह्वान गरी ठेक्काबाटै गर्नुपर्ने व्यवस्था गरेको छ ।

नगरपालिकाले ‘कृषि, शिक्षा, पर्यटन र पूर्वाधार–सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने नाराका साथ यी क्षेत्रलाई पनि बजेटको व्यवस्था गरेको छ । नगरपालिकाले नगरको पर्यटन एवं यातायात गुरुयोजना निर्माण गरी पर्यटकीय सम्भावनाको उजागर गर्दै पर्यटनलाई व्यावसायिकरुपमा लैजाने योजना अघि सारेको छ ।

भ्रष्टाचार र कमिसनकाबारेमा पत्रकारहरुबाट उठाइएका प्रश्नको जवाफ दिँदै नगर प्रमुख थापाले भने, “कुनै पनि आयोजनामा मैले कमिसन खाएको प्रमाणित भएमा एक मिनेटभित्रै पद त्याग्नेछु । नातागोता च्याप्ने, कानूनविपरीत जाने काम हुँदै हुँदैन ।”

कार्यक्रममा प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सेनाले आगामी वर्षदेखि असारे विकास नहुने र नगरपालिकाको सबै विकास चैत, वैशाखसम्म सम्पन्न भइसक्ने नीति लिएको बताए । नगरपालिकाको भवन समिति संयोजक रवीन्द्र सापकोटाले विकास निर्माण एकद्वार तरिकाले गर्ने व्यवस्था गरिएको बताए । (रासस)

वि.सं.२०७५ असार १३ बुधवार २१:०२ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...