back
CTIZAN AD

करेन्ट लागेर बालकको मृत्यु

वि.सं.२०७३ असोज १९ बुधवार

1.3K 

shares

१९ असोज, फलेवास (पर्वत) । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर मंगलबार दिउँसो एक बालकको ज्यान गएको छ ।

रौटहट जिल्लाको शीतलपुर–८ घर भई कुश्मा नगरपालिका–११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षीय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेन्ट लागेको थियो । घरमा बिजुलीको तार खेलाउँदा हातमा करेन्ट लागेको र उनकी आमाले छुटाउन गए पनि नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल पर्वतमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो ।

बालकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मृतकका बाबु रमेश मुखिया सोही ठाउँमा रहेको मनकामना टायर पसलमा कार्यरत रहेका छन् ।

वि.सं.२०७३ असोज १९ बुधवार ०३:५० मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...