back

करेन्ट लागेर बालकको मृत्यु

वि.सं.२०७३ असोज १९ बुधवार

123 

shares

१९ असोज, फलेवास (पर्वत) । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर मंगलबार दिउँसो एक बालकको ज्यान गएको छ ।

रौटहट जिल्लाको शीतलपुर–८ घर भई कुश्मा नगरपालिका–११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षीय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेन्ट लागेको थियो । घरमा बिजुलीको तार खेलाउँदा हातमा करेन्ट लागेको र उनकी आमाले छुटाउन गए पनि नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल पर्वतमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो ।

बालकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मृतकका बाबु रमेश मुखिया सोही ठाउँमा रहेको मनकामना टायर पसलमा कार्यरत रहेका छन् ।

वि.सं.२०७३ असोज १९ बुधवार ०३:५० मा प्रकाशित

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

गलकोट(बागलुङ) । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा...

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...