back
CTIZAN AD

संघीय लिम्बुवान सामाजिक मञ्च अमेरिकाको अध्यक्षमा बिरेन्द्र हाङ लाबुङ लिम्बु

वि.सं.२०७३ असोज १९ बुधवार

1.5K 

shares

birendra
नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ ।
मंचले अक्टोबर ३ का दिन अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
संघीय लोकतान्त्रिक मंच, संघीय लिम्बुवान राष्ट्रिय मंच नेपाल को बिधान २०६२ (संसोधन २०६४ र २०७३ सहित) परिच्छेद ३, धारा ८ को उपधारा (घ) २ अनुरुप मञ्चको शाखा गठन गरिएको हो ।

उक्त समितिको उपाध्यक्षमा ललित सम्बाहाङ्फे, महासचिब योगेश लिङ्देन, सचिब सन्तोष यात्री, कोषाध्यक्ष चेतन सुब्बा, सह–कोषाध्यक्ष बिजेता थेबे, बिशेष सहजकर्ता बुद्ध चेम्जोङ्ग रहेका छन् भने सदस्यहरुमा देब सुहाङ, कर्ण सिंह साँवा, मुकेश सुहाङ, बिमल वानेम, माया लिम्बु, सुमित्रा लिम्बु, आईतमान सुहाङ, बुद्धहाङ सुहाङ, बिनु लिम्बु, अमृति लिम्बु, सबेन सुहाङ, नवराज लिम्बु, मणि कुमार लोहोरुङ, मिङ्ग्सो सुहाङ, सरोज थाङ्ग्देन, चुडा कुमार चेम्जोङ्ग, नामसाङ सुहाङ, लोकेन लिम्बु, कुबेर वनेम, सनमान साँवा, सन्तोष साँवा, आईत लोहोरुङ, सन्तोष फेदापे बिर्ख खेवा, आसदल लिङ्ग्देन, कुमार सुहाङ, मुन्नाहाङ सुहाङ, जस थेगिम, किशोर साङसोन, सहवीर सुहाङ, नामसाङ खेवा, राजकुमार लिम्बु, सोनिया लाबुङ, कुमार लिम्बु, नाम फुरुम्बा,े बोलमान सुब्बा,सन्जिब लिम्बु, हर्क सुहाङ,संजय लिम्बु र सुनुवेन थेगिम,सामुएल कुरुमबाङ रहेका छन् ।

त्यस्तै समितिको सल्लाहकारहरुमा पूर्ण लिम्बु, सुकमान सुहाङ, धनमान लिङदेन,केशर बहादुर माङदेन,नर पन्धाक, राम चोङबाङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष लिम्बुले निकट भविष्यमा मंचको कार्यक्रम र आन्दोलनको लागि आर्थिक एवं नैतिक रुपमा सहयोग पुर्याउने कार्यक्रमहरुको आयोजना गर्दै जाने  बताए ।  उनले लिम्बुले संघीय लिम्बुवान सामाजिक मंच, अमेरिकाले पार्टीले अवलम्बन गरेको सिद्धान्त, निर्णय तथा निर्देशन गरेको कार्यक्रमहरु प्रति ऐक्यबद्दता जनाउदै अमेरिकामा क्रियाशील बिभिन्न विचारधारा र सामाजिक संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरि आवश्यक कार्यक्रमहरु संचालन गर्ने जानकारी समेत दिए ।

बिभिन्न पाँच समूहमा बिभाजित लिम्बुवान संगठनहरु हाल एकताको अधिवेसन पश्चात दुई समूहमा बाँडिएका छन् । एकताको अधिवेसनपश्चात असन्तुष्ट रहेका कुमार लिङ्देन मिराकले हाल संघीय लिम्बुवान सामाजिक मञ्च र संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व सञ्जु हाङ पालुङ्वाले गर्दै आएकाछन । यस अघि नै अमेरिकामा संघीय लिम्बुवान समाजको गठन गरिसकिएको थियो ।
पार्टी एकता अघि संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चा नेपाल र संघीय गणतान्त्रिक पार्टीले नेपालमा जातिय स्वायत्तता र राज्यको माग गर्दै बिभिन्न चरणबद्द आन्दोलन गर्दै आएको थियो ।

वि.सं.२०७३ असोज १९ बुधवार ०३:३५ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...