back

आयोगका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा स्वीकृत

वि.सं.२०७५ असार १४ बिहीवार

150 

shares
RBB AD
NTC AD

१४ असार, बुटवल । प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक २०७५ र प्रदेश मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक, २०७५ लाई प्रदेशसभामा पठाउनका लागि स्वीकृत प्रदान गरेको छ ।

यसरी यी दुवै कानून निर्माण हुनासाथ प्रादेशिक लोकसेवा आयोग गठनको बाटो खुल्ने र प्रदेशस्तरमा आवश्यक जनशक्ति पदपूर्ति गर्न बाटो खुल्नेछ । सरकारले प्रादेशिक न्यायाधिवक्ताको नियुक्ति भने पहिल्यै नै गरिसकेको छ ।

यसैगरी बैठकले प्रदेशको कानून मस्यौदा तथा सुझाव आयोगका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधालाई स्वीकृत गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।

आयोगका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा लोकसेवा आयोगका पदाधिकारी तथा सदस्यसरह रहने व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।

बैठकले कुनै पनि किसिमको विपद्मा परेकालाई राहत पु¥याउन प्रदेश सरकारको मुख्य भूमिका रहेको ठहर गर्दै राहत वितरण मापदण्ड २०७५ स्वीकृत गरेको समेत प्रवक्ता चौधरीले जानकारी दिए ।

राहत वितरण मापदण्डमा कुनै पनि विपद्मा परी घर नष्ट भएमा पीडित परिवारलाई रु ३५ हजार रकम र प्रतिघर दुई बन्डल जस्तापाता उपलब्ध गराइने भएको छ । यस्तै बहालमा बसेका परिवारको आवास नष्ट भएका परिवारलाई रु १० हजार उपलब्ध गराइनेछ ।

खाद्य बाली नष्ट भएको अवस्थामा प्रतिपरिवारलाई रु १० हजार, व्यापार व्यवसाय नष्ट भएमा रु ५० हजार, मानिसको मृत्यु भएको अवस्थामा भने रु एक लाख उपलब्ध गराइने मापदण्ड तय भएको छ । यस्तै विपद्का घटनामा घाइते भएमा औषधि उपचारबापत सरकारी अस्पतालको पहिलो पटकको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । (रासस)

वि.सं.२०७५ असार १४ बिहीवार २०:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एमाले पर्साको अध्यक्षमा शर्मा

एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा...

तुवाचुङका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन

तुवाचुङका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन

खोटाङ । अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा...

पालिकाकाे पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

पालिकाकाे पर्यटकीयस्थल प्रवर्द्धनका लागि बृहत् ‘सम्पदा पदयात्रा’

काठमाडौ । चन्द्रागिरि नगरपालिकाभित्र रहेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै...

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता...

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

डढेलो नियन्त्रण र प्रभावितलाई तत्काल राहत वितरण गर्न नेफेजको आग्रह

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा...