back
CTIZAN AD

स्वदेशमै रोजगारी सिजर्ना गर्नेबारे कार्यपत्र तयार गरिँदै

वि.सं.२०७५ असार १४ बिहीवार

1.3K 

shares

 

काठमाडौँ १४ असार । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नामक संस्थाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै लगाउन सरकारलाई कार्यपत्र बुझाउने भएको छ ।

‘वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण, नीति, चुनौती र आगामी कदमहरु’ विषयको छलफलमार्फत संस्थाले कार्यपत्र बुझाउन लागेको हो । वैदेशिक रोजगारीबाट फर्किएकाको सीपलाई स्वदेशमा नै प्रयोग गर्न सरकारले के गर्नुपर्छ भन्ने नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले छलफल गरिएको संस्थाका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । “स्वदेशमा लगानीको अवसर नहुँदा रोजगारीमा गएर फर्किएकाहरु पुनः रोजगारीका लागि विदेश जानुपर्ने अवस्था देखिएको छ”, कार्कीले भने । उनका अनुसार रोजगारीबाट फर्किएकालाई नेपालमा नै लगाउने विषय अहिले जटिल समस्याका रुपमा छ ।

विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई पुरुषलाई भन्दा पुनः एकीकरणमा समस्या हुने गरेको संस्थाका महासचिव स्वर्णकुमार झाले बताए । नेपाली समाजमा स्वदेश फर्किएका महिला कामदारप्रति समाजले नकारात्मक धारणा बनाएको छ भन्दै उनीहरुका लागि सरकार सामाजिक तथा मनोवैज्ञानिक सहायताको आवश्यकता परेको उनले औँल्याए । “वैदेशिक रोजगारीबाट स्वदेश कति फर्किए त्यसको आधिकारिक तथ्यांक सरकारसँग नै छैन”, उनले भने ।

सरकारले रोजगारीबाट फर्किएका कामदारको तथ्यांक संकलनका लागि स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने आवश्यकता सरोकार भएकाहरुले उठाएका थिए । उनीहरुले पहिले बनेका वैदेशिक रोजगारीसम्बन्धी कानून र नियमावलीलाई कार्यान्वयनमा ल्याउन सरकारले नीति ल्याउनुपर्ने तर्कसमेत राखेका थिए । (रासस)

वि.सं.२०७५ असार १४ बिहीवार २१:३१ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...