back
CTIZAN AD

दार्चुलाबाट तीस किलो यार्सागुम्बा निकासी

वि.सं.२०७५ असार १५ शुक्रवार

777 

shares

१५ असार, दार्चुला । यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए ।
प्रति निकासी पूर्जीको रु २५ हजारका दरले रु ७ लाख ५० हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए । दार्चुलाको यार्सागुम्बा छिमेकी राष्ट्र चीन, भारत, हङकङ, अमेरिका, सिङ्गापुरलगायतका देशमा निर्यात गरिन्छ ।

अपिनाम्पा संरक्षण कार्यालयबाट हरेक वर्ष व्यवसायीले वैधानिक रुपमा निकासी पूर्जी लिने गरे तापनि अवैधानिक रुपमा सयौँ किलोग्राम बराबरको यार्सागुम्बा निकासी हुने गरेको छ । त्यसबाट संकलन हुने लाखौँ राजस्व छली हुँदै आएको अधिकांश सरोकारवालाको भनाइ छ ।

प्रदेश नम्बर ७ का दुई पहाडी जिल्ला दार्चुला र बझाङका उच्च हिमाली भेगबाट वर्षेनि ठूलो परिमाणमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई यस वर्ष ८२० किलोग्राम यार्सागुम्बा निकासी गर्ने गरी विभागले कार्ययोजना स्वीकृत गराएको छ । गतवर्ष निर्धारण गरिएको लक्ष्यभन्दा बढी यार्सागुम्बा उत्पादन भए पछि यस वर्ष निकासी दर बढाएको हो ।

गतवर्ष अपिनाम्पा संरक्षण क्षेत्रले रु ३७ लाख ५० हजार रुपैयाँ राजस्व गुमाएको थियो । दार्चुलामा यस वर्षको हालसम्ममा चार क्विन्टल ५० किलो यार्सागुम्बा संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

वि.सं.२०७५ असार १५ शुक्रवार ०९:०१ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...