back

दार्चुलाबाट तीस किलो यार्सागुम्बा निकासी

वि.सं.२०७५ असार १५ शुक्रवार

156 

shares
RBB AD
NTC AD

१५ असार, दार्चुला । यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए ।
प्रति निकासी पूर्जीको रु २५ हजारका दरले रु ७ लाख ५० हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए । दार्चुलाको यार्सागुम्बा छिमेकी राष्ट्र चीन, भारत, हङकङ, अमेरिका, सिङ्गापुरलगायतका देशमा निर्यात गरिन्छ ।

अपिनाम्पा संरक्षण कार्यालयबाट हरेक वर्ष व्यवसायीले वैधानिक रुपमा निकासी पूर्जी लिने गरे तापनि अवैधानिक रुपमा सयौँ किलोग्राम बराबरको यार्सागुम्बा निकासी हुने गरेको छ । त्यसबाट संकलन हुने लाखौँ राजस्व छली हुँदै आएको अधिकांश सरोकारवालाको भनाइ छ ।

प्रदेश नम्बर ७ का दुई पहाडी जिल्ला दार्चुला र बझाङका उच्च हिमाली भेगबाट वर्षेनि ठूलो परिमाणमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई यस वर्ष ८२० किलोग्राम यार्सागुम्बा निकासी गर्ने गरी विभागले कार्ययोजना स्वीकृत गराएको छ । गतवर्ष निर्धारण गरिएको लक्ष्यभन्दा बढी यार्सागुम्बा उत्पादन भए पछि यस वर्ष निकासी दर बढाएको हो ।

गतवर्ष अपिनाम्पा संरक्षण क्षेत्रले रु ३७ लाख ५० हजार रुपैयाँ राजस्व गुमाएको थियो । दार्चुलामा यस वर्षको हालसम्ममा चार क्विन्टल ५० किलो यार्सागुम्बा संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

वि.सं.२०७५ असार १५ शुक्रवार ०९:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनीसहित चार प्रदेशमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने

लुम्बिनीसहित चार प्रदेशमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको...

आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

काठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका...

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...