back
CTIZAN AD

प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु

वि.सं.२०७५ असार १५ शुक्रवार

732 

shares

१५ असार, रौतहट । जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ ।

स्थानीय राजदेवी नगरपालिका वडा नंं ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।

दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय भारतीय अपराधीको मृत्युु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरीको गोली लागेर घाइतेभएका निजलाई उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताए ।

घटनास्थलबाट प्रहरीले एकथान स्वचालित हतियार एसएमजी, चार थान गोली, म्यागजीन एक थान र पडकेको खोकासमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए ।

पछिलो केही दिनदेखि बागमती नदी किनारको भारतीय सिमानासँग जोडिएको उक्त क्षेत्रमा भारतीय अपराधीको चलखेल बढेको विशेष सूचनाका आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय गौरबाट सो ठाँउमा प्रहरीको बिशेष टोली गएको थियो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीनजना अपराधीलाई प्रहरीले चेकजाँच गर्न खोज्दा पछाडि बसेका अपराधीले अचानक एसएमजीबाट फायर खोलेको प्रहरी निरीक्षक मनोज यादवले बताए ।

प्रहरीको जवाफी कारबाहीमा एकजना अपराधी हतियारसहित मोटरसाइकलबाट तल ढलेको र अन्य दुुईजना अपराधी बाँधको बाटो हुँदै भारततर्फ भागेको यादवले जानकारी गराए ।
घटनास्थल जिल्ला सदरमुकामबाट करीव ८ किलोमिटर पूर्वमा पर्दछ ।

वि.सं.२०७५ असार १५ शुक्रवार १०:१२ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...