
१० महिनामै २५ अर्बको चामल भित्रिरहँदा
धान दिवसको उत्सवमा सामेल भइरहँदा
कता–कता चस्किएको मन मुटु हाम्रो
उत्पादनलाई दोब्बर पार्ने नारा कति राम्रो
बीउ, मल, सिंचाइको व्यवस्थापन भए
उत्पादन, प्रशोधन र भण्डारण पाए
श्रम, पसीना लुटिखाने बजार रोक्न सके
धान दिवश सार्थक हुन्थ्यो, सहि मुल्य तोके
निराश छन् उत्पादक हातपाखुरा गल्छन्
भाउ हुन्न मेहनतको जाँगर सबै ढल्छन्
कृषि प्रधान देश हाम्रो कृषकलाई हेला
समाजवादको गफ हाक्दै फेर्ने भन्छन् चोला
किसानको चाड आज १५ असार मनाउँ
आफू बुझ्दै बुझाउँदै हातेमालो गरौं
उत्पादनका अवरोधलाई पन्छाउँदै बढौं
आत्मनिर्भर–स्वाधीनता र समृद्धिमा जुटौं ।
तिवारी अष्ट ज अभियान नेपालका महासचिव हुन् ।
वि.सं.२०७५ असार १५ शुक्रवार १०:१९ मा प्रकाशित





























