back
CTIZAN AD

हेर्नुस् त यस्ता रहेछन् खुसी हुनुको फाइदै फाइदा !

वि.सं.२०७५ असार १५ शुक्रवार

1.4K 

shares

हरेक मानिस खुसी चाहन्छन् । जीवनमा कही न कतै खुसीको खोजिमा रहेको हुन्छ मानिस । खुसीको लागि मानिस जे गर्न पनि तयार हुन्छ । त्यसमा उसले आफ्नो खुसी खोजिरहेको हुन्छ । त्यसैले पनि खुसीलाई जीवन जीउनुको लक्ष्य भनिन्छ । जीवनको जुन बाटोमा खुसी छैन त्यो बाटोमा मानिस धेरैबेर सम्म रहन सक्तैन् । जीवन निरश हुन्छ । खुसीको पल जीवन खिलखिलाउछ । जीवनमा नयाँ उमंग आउछ । यसकारण शक्तिसाली र प्रेरित बन्नका लागि व्यक्ति सधै खुसी रहन जरुरी छ ।

मानिस जव खुसी रहन्छ तब मन भित्रैबाट हल्का र सहज महसुस गर्छ । तर मनमा तनाव भयो भने उसको अनुहारको भावमा नै त्यो पीडा झल्किन्छ । मनमा अनेक तरहका विचार आउने, नकारात्मक हावी हुने तथा व्यक्ति आफ्नो भविष्यको लागि चिंता गर्न थाल्छ । दुर्घटनाको शंका गर्छ । यस्तो दृश्यको कल्पना गर्न थाल्छ की, जसले उसको हानि पु¥याउने काम गर्न थाल्छ । यस्तो अवस्थामा उसले यो पनि सोच्न सक्तैन की, उसको जीवनमा कुनै राम्रो काम पनि हुन सक्छ ।

जब मनमा खुसी हुन्छ, मन प्रशन्न हुन्छ अनि सकारात्मक कुरा उसको जीवनमा हावी हुन्छ । यस्तो समयमा उसको विचार रचनात्मक हुन्छ । जीवनमा इन्द्रधनुषीय आभास हुने तथा जीवनको नयाँ आयाम र परिदृश्यको खोजीमा लागिरहेको हुन्छ ।
हाम्रो जीवनमा अगाडि बढ्नका लागि खुसीले एउटा इन्जिनको काम गरिदिन्छ । यदि हामीले आफ्नो जीवनमा खुसी रहने तथा जे छ, त्यसैमा सन्तुष्ट रहने बानी गर्यौ भने हाम्रो मानसिक समस्याहरु हामीबाट टाढा हुन्छन् । जीवनमा कसरी खुसी रहने ? कसरी खुसी बढाउने भन्ने बारेमा हामीले जीवनका ती शुत्रहरु जान्न तथा अपनाउन जरुरी छ । जुन हामीभित्रै छ तर हामी त्यसबाट अनभिज्ञ छौं ।

हामी जुन वातावरणमा रहन्छौं प्रकृतिले त्यसमा भरपुर कला र सुन्दरता भरिदिएको हुन्छ । तर, आफ्नो समस्याका कारण हामी यसलाई देख्न सक्तैनौं । त्यसलाई महसुस गर्न पनि पाउँदैनौं । त्यो मानिस जीवनमा अत्यन्त खुसी रहन्छ जसको जीवनको उद्धेश्य स्पष्ट हुन्छ । ती मानिसलाई यो ज्ञान हुन्छ की, उनीहरु आफ्नो उद्धेश्यमा अगाडि बढीरहेका हुन्छन् । उनीहरु आफ्नो लक्ष्य, गन्तव्यतर्फ लागिरहन्छन् । उनीहरुको खुसी निरन्तर बढी रहन्छ । यस्ता व्यक्तिहरुमा चिडचिडापन, चिन्ता, तनाव, बेचैनी जस्ता मानसिक समस्या एकदमै कम हुन्छ ।
तर, जुन व्यक्तिलाई आफ्नो उद्धेश्यको बारेमा थाहा हुँदैन, उनीहरुको जीवनमा अनिश्चितता हुन्छ । असन्तुष्टि हुन्छ अनि उनीहरुलाई नै थाहा हुँदैन कहाँ गइरहेको छु ? के प्राप्त गरिरहेको छु ? यसकारण जीवनको उद्धेश्यपूर्ण बनाउनु नै खुसी हासिल गर्नु हो ।

जीवनमा सिक्नका लागि धेरै कुरा छन् । जीवनमा धेरै कुरा यस्ता छन जुन हामी जान्दैनौं तर त्यस्ता कुराहरु हाम्रो जीवनका लागि जरुरी छन् । लाभदायक छन् । जुन कुराहरु सिकेर अनि जानेर जीवनलाई अगाडि बढाउन सकिन्छ । यसले हामीलाई धेरै कुरा सिकाउने र हाम्रो योग्यताको वृद्धि गराउँदै लैजान्छ । जीवनमा धेरैपटक यस्तो परिस्थितिहरु हाम्रो सामु आउछन, जसमा हामी सफल हुन सक्तैनौं । जीवनमा धेरै संघर्ष गर्नुपर्ने र धोका खानुपर्ने पस्थिति पनि आउछनु । तर, संघर्ष गरेर अगाडि बढ्नका लागि मनमा उत्साहका साथ उठ्न नै सर्वश्रेष्ठ मानिसको पहिचान हो । त्यहि मानिस खुसी रहन्छ अनि सफल पनि हुन्छ जो स्वयमलाई तल झनै दिदैंन् ।

कहिलेकाँही तल झरिहाले पनि स्वंयमलाई सम्हाल्दै अरुलाईं पनि सहारा दिन्छन् ।
हाम्रो शरिर र मनको सम्बन्ध एक अर्कामा जोडिएका छन् । एकअर्कामा आश्रित छन् । यदि शरिर स्वस्थ्य छ भने मन पनि स्वस्थ्य हुन्छ । यदि शरिर अस्वस्थ छ भने मनमा चिडचिडापन आउछ । मनमा अशान्ति छाउछ र शरिरमा समस्याको प्रभाव बढ्छ । उसको शारीरिक क्रियाकलापमा अन्तर हुने र यसले विमारी बढाउछ ।

तर, यदि मन स्वस्थ्य र प्रशन्न छ भने शरिरको बिमारी लामो समय टिक्दैन । शरिरको स्वास्थ्य लाभ छिटो हुन्छ । यसकारण पनि खुसी रहनका लागि हाम्रो शरीर र मन स्वस्थ्य हुन जरुरी छ । अर्को कुरा अन्य व्यक्तिसँग जोडिने, लगाव राख्ने तथा अपनत्व बढाउनाले धेरै खुसी दिन्छ । सम्बन्ध बन्दै जान्छन् र ती सम्बन्धलाई राम्रोसँग निभाउनु जरुरी हुन्छ । जुन मानिस अरुसँग सहज रहन्छन्, अपनत्व जोड्छन उनीहरु सधै खुसी रहन्छन ।

खुसी मानिसको नैसर्गिक अधिकार हो । यसलाई कसैले लैजान सक्तैन् । त्यसैले आफैमा खुसी रहनुहोस् । जीवनलाई सहज र सुन्दर बनाउँदै लैजानुहोस् । जे छ त्यसैमा खुसी रहनुहोस् ।

वि.सं.२०७५ असार १५ शुक्रवार ११:३० मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...