back
CTIZAN AD

नेकपाका विद्यार्थी संगठनबीच एकता प्रक्रिया शुरु

वि.सं.२०७५ असार १६ शनिवार

801 

shares

हरिप्रसाद अर्याल ‘सन्देश’
१६ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एक भएसँगै विद्यार्थी संगठनको पनि एकता प्रक्रिया शुरु भएको छ ।

पार्टीकै निर्देशनअनुसार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता प्रक्रिया शुरु भएको छ । दुवै संगठनको संयुक्त सचिवालय बैठक बसी एकता प्रक्रिया शुरु गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए । उनका अनुसार एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि बैठकले विधान, राजनीतिक तथा शैक्षिक दस्तावेज र संगठन समायोजन मस्यौदा तयार गर्ने सहमति गरेको छ । तीन मस्यौदा तयार गर्नका लागि चाँडै जिम्मेवारीसमेत तोकिने भएको छ ।

दुई संगठनबीच एकता प्रक्रियाको शुरुआत क्याम्पस कमिटीबाट समेत गर्ने निर्णय भएको छ ।

यस्तैगरी एकता नटुङ्गिँदासम्मका लागि अबदेखि विद्यार्थीको कार्यक्रम गर्दा दुई वटै संगठनको संयुक्त तुलमा गर्ने समेत सहमति भएको सचिव लामिछानेले बताए । बैठकमा एकता कार्यदलमा रहनुभएका अखिलका इन्जार्ज तथा संस्कृति, पर्यटन, नागरिकमन्त्री रवीन्द्रप्रसाद अधिकारी, अखिलका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ सहभागी रहेका थिए ।

दुई पार्टी एकीकरणपछि पार्टीका भ्रातृ संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने योजना छ । भ्रातृ संगठनको एकताका लागि ती संगठनका दुवै इञ्चार्ज र दुई अध्यक्षको कार्यदल बनाइएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएको थियो ।

वि.सं.२०७५ असार १६ शनिवार ०९:०७ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...