back
CTIZAN AD

 नियात्राकार नयाँघरेले ल्याए ‘औंला-औंलामा अस्ट्रेलिया’

वि.सं.२०७५ असार १६ शनिवार

768 

shares

१६ असार, काठमाडौं । युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन सम्पन्न भएको छ ।
१५ असारका दिन होटल होलिडे इन बागबजारमा आयोजित विमोचन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गर्दै नेपाली निबन्ध र नियात्रामा नयाँघरेले उल्लेखनीय योगदान पु¥याएको चर्चा गरेका थिए । जोशीले यस कृतिले अस्ट्रेलियाली आदिवासीबारे निकै राम्रोसँग उल्लेख गरेको बताए ।
त्यस्तै समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा नयाँघरेको आफ्नोपन र खुबी यहाँ पोखिएको भन्दै नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिने बताए ।


साहित्यकार कृष्ण धराबासीले शुभकामना दिँदै नयाँघरे घुमेर लेखिरहने एकजना समर्पित लेखक रहेको बताए । ‘नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले अस्ट्रेलियालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको छ ।’ धरावासीले भने ।
कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताउँदै अस्ट्रेलियामा जाने र आउनेहरुको विशेष अनुभूति यहाँ लिपिबद्ध रहेको बताए ।
निकै भव्य भएको विमोचन समारोहमा निबन्धकार मणि लोहनी, रत्न पुस्तक भण्डारका प्रबन्धक सुरेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
निवन्धकार नयाँघरेका १५ वटा कृतिमा यस अघि ६ वटा नियात्रा कृति आइसकेका छन् ।

वि.सं.२०७५ असार १६ शनिवार ०९:१७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...