back
CTIZAN AD

न्युयोर्कमा भव्यरुपमा साकेला मनाईयो

वि.सं.२०७५ असार १७ आइतवार

624 

shares

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिकाले धुमधामका साथ साकेला सम्पन्न गरेको छ ।
जुन २३ का दिन न्ययोर्कमा आयोजित उक्त साकेला कार्यक्रम अर्गनाइजेशनका केन्द्रीय सभापति विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त साकेला कार्यक्रममा अध्यक्ष राईल साकेला पर्व मुख्यरुपमा राईहरुको महान चाड भएपनि हाल सबै नेपाली भाषाभाषीको उपस्थितिमिा संयुक्त रुपमा मनाएको बताएका थिए ।


अध्यक्ष राईले प्रदेश नं १ लाई किराँत प्रदेश नाम राख्नु ठिक भएको बताउँदै किराँत राईहरुको इतिहासको सम्मान गर्नुपर्ने बताएका थिए । उनले डोको नाम्लो तथा डालोको प्रयोगको चलन किराँत राईहरुबाटै आएको बताए । राईले नेपाल सरकारले जनजातिहरुको विभिन्न पर्वमा दिइने विदा कटौती गरेको भन्दै आपत्ति समेत जनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका वाणिज्यदूत कृषु क्षेत्रीले साकेला पर्वको अवसरमा शुभकामना दिदैं देश संघीयतामा गइसकेको अवस्थामा सरकारले त्यहि अनुसार सबै जातजाति भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अगाडि बढेको बताएका थिए ।
त्यसैगरी विशेष अतिथि जनजाति महासंघ अमेरिकाका सभापति मान बहादुर मगरले नेपाल सरकारले आदिवासी जनजातिको विभिन्न पर्वमा दिइदै आएको विदा कटौती गर्नु गलत निर्णय भएको बताए । उनले नेपाल समृद्ध भएमा विदेशमा रहेका नेपालीहरु पनि आफ्नो पुर्खाले दिएको सभ्यता र संस्कृतिलाई अंगाल्दै अगाडि बढ्न सहज हुने समेत बताए ।


संघीय समाज अमेरिकाका सभापति समिर महर्जनले नेपालमा नयाँ बनेको सरकारले सबै भाषा धर्म, संस्कार, संस्कृति र सवै जातजातिलाई समेटेर लानुपर्ने तथा लैजानेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले सबै जातजातिको पहिचान र मुद्दालाई समेट्दै जानु सरकारको पहिलो प्राथमिकता रहेको बताए ।


जनजाति महासंघ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले नेपालीहरु संसारको जुन कुनामा भएपनि आफ्नो भाषा, धर्म संस्कृति र संस्कारको संरक्षण गर्नुपर्ने बताए । उनले आफ्ना बालबच्चालाई आफ्नो संस्कार संस्कृति हस्तान्तरण गर्दै जानुपर्ने अहिलेको आवस्यकता रहेको समेत बताए ।


त्यस्तै जनजाति महासंघ अमेरिका संघीय परिषद्का अध्यक्ष विनोद पोमुले नेपालमा दसैं तिहारमा जसरी विदा दिइन्छ त्यसरी नै सबै जातजातिको चाडपर्वमा समान रुपमा राष्ट्रियस्तरको मान्यता दिनुपर्ने बताए ।
एनआरएनए अमेरिकाका केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मन्च अमेरिकाका निर्वतमान अध्यक्ष संजय थापाले संसारमा रहेका किराँत राईहरुलाई साकेलाको शुभकामना दिएका थिए । उनले सबै नेपालीहरु एकजुट भएर नेपाल र नेपालीको हितमा काम गर्नुपर्ने बताएका थिए ।


त्यस्तै युनाइटेड किराँत अर्गनाइजेशन पुर्वअध्यक्ष तथा एनआरएनए अमेरिकाका पुर्वउपाध्यक्ष मिलन राईले नेपालमा किराँत राईहरुले ८ सय वर्ष भन्दा धेरै शासन गरेको र किराँत वर्ष हाल २०७८ भएको जानकारी दिदै किराँत इतिहास जिउदो रहेको र राज्यले नसमेटे भोली परिस्थिति फरक हुनसक्ने हुनाले राज्यले बेलैमा ध्यान दिनुपर्ने बताए ।
सोहि अवसरमा पूर्व डिआइजी पार्वती थापा मगरले सबै भाषा धर्म संस्कार र संस्कृतिलाई समान मान्यता दिने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताउदै साकेलाको उपलक्ष्यमा सबैमा शुभकामना दिएकी थिइन् ।

 

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङले प्रवासमा बसेर पनि आफ्नो भाषा संस्कृतिको संरक्षणमा लागि परेको भन्दै युनाइटेड किरात राई अर्गनाइजेशनको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
त्यसैगरी तामाङ सोसाइटी नर्थ अमेरिकाका अध्यक्ष ल्याक्यान लामाले आफ्नो भाषा, धर्म, कला संस्कृति बचाउन सबैको जिम्मेवारी रहेको बताउँदै सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले भावि सन्ततीले पनि आफ्नो पुर्खाको पहिचान, भाषा, धर्म संस्कृति बचाएर लैजानुपर्ने महत्वपूर्ण जिम्मेवारी सम्झनुपर्ने बताए ।


त्यस्तै युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय उपसभापति मुना राईले उपस्थिति सबैमा धन्यवाद व्यक्त गरेकी थिइन् भने न्यु इङ्ल्याण्ड च्याप्टरका प्रतिनिधि जय राईले किराँत राईहरुको पुर्खाले चुलोको चलन चलाएको खाना पकाउने मात्र नभएर चुलो किराँत राईहरुको प्रतिकको रुपमा पूजा गरिएको बताए । उनले राइहरुको ३२ वटा भाषा रहेको बताउँदै पुर्खाहरुप्रति गर्व गरेको बताए ।
त्यस्तै खालिङ समाज अमेरिकाका अध्यक्ष मकर खालिङ राईले राईहरुको भाषा धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नमा लागि राइहरुको संस्था भएजस्तै खालिङ समाज अमेरिका पनि खालिङ राईहरुको भाषा, संस्कृति र संरक्षण गर्नका लागि स्थापना भएको बताए ।
अर्गनाइजेशनका DMVP च्याप्टरका बोर्डअध्यक्ष प्रकाश राईले साकेलामा उपस्थित सम्पूर्ण पाहुनालाई स्वागत गरेका थिए भने नेब्रास्कार राज्यबाट तारा राईको नेतृत्वमा सहभागीता रहेको थियो ।
साकेला सुरु हुनुभन्दा पहिले न्यु इंग्ल्याण्ड च्याप्टरका प्रतिनिधि जय राईको ग्रुपले साकेला धुन सुनाएका थिए । साथै DMVP र नेब्रास्कार ग्रुपले साकेला प्रस्तुत गरेका थिए भने न्यूयोर्क ग्रुप तथा अन्य राज्यबाट उपस्थित पाहुँनाहरुले साकेला नाच प्रस्त्ुत गरेका थिए ।


साकेला नाचमा विदेशी पाहुनाहरुले पनि भाग लिएका थिए । साकेला पछि आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा प्रकाश राई, बसन्ती राई, राजेन्द्र राईले गीत गाएका थिए । कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई अर्गनाइजेशनका सभापति विष्णु राई तथा सल्लाहकार तथा पूर्वसभापति प्रभाकर राईले कदर पत्र प्रदान गरेका थिए ।
अर्गनाइजेशनका केन्द्रीय कोषाध्यक्ष मदन राईलगायत विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन के डि राईले गरेका थिए भने कार्यक्रमका संयोजक तथा अर्गनाइजेशन न्युर्योक च्याप्टरका सभापति केशव राम राईले स्वागत मन्तव्य दिएका थिए ।

समाजसेवी दम्पत्तीलाई सम्मान
सोहि अवसरमा अर्गनाइजेशनले समाजसेवी दम्पत्ती हेम थापा र माया थापालाई सम्मान गरेको छ ।


अर्गनाइजेशनका केन्द्रीय सभापति विष्णु राई र प्रमुख अतिथि वाणिज्यदूत कृषु क्षेत्रीले सम्मानपत्र दिएर थापा दम्पत्तीले गरेको समाजसेवाको सह्राना गरेका थिए ।
सम्मान ग्रहण गर्दै थापा दम्पत्तीले यस्तो सम्मानले समाजसेवामा अझ उत्साह थपिदिएको भन्दै खुसी व्यक्त गरेका थिए ।
स्मरण रहोस् थापा दम्पत्तीले साउदीमा मृत्यु दण्ड पाएका प्रेम राईको रिहाइका लागि ब्लडमनि स्वरुप ५ लाख रुपैयाँ सहयोग गरेका थिए भने, पर्साको मौवामा रहेको दलित प्राविको भवन तथा ट्वाइलेट निर्माणका लागि ५ लाख रुपैयाँ तथा अन्य सहयोग गरेर अहिलेसम्म विभिन्न शिर्षकमा झण्डै १ करोड बढी आर्थिक सहयोग गरिसकेका छन् ।

वि.सं.२०७५ असार १७ आइतवार ०९:२९ मा प्रकाशित