back

संगठन वैचारिक दृढताका आधारमा विस्तार गर्नुपर्ने – बास्कोटा

वि.सं.२०७५ असार १७ आइतवार

282 

shares

ध्रुव भण्डारी
जुन २९ तारिख शुक्रबारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले पूर्व गृहराज्यमन्त्री एवं राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व अध्यक्ष काँग्रेस नेता दिपक प्रकाश बाँस्कोटा र डलास फोर्डवर्थ च्याप्टर अमेरिकाको महासचिव दिनेश शर्माको स्वागत र सम्मानमा एक भेटघाट तथा छलफल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

फरक ढाँचाले सञ्चालन गरिएको उक्त कार्यक्रमका मुख्य वक्ता काँग्रेस नेता एवं राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले सहकारी आन्दोलन वीपीले मुलुकमा पहिलो पटक बिक्रम संवत २०१६ सालमा भित्र्याएको स्मरण गर्दै, जसलाई २०४८ सालमा गिरिजा बावुले पूर्नजीवन दिन आफुलाई जिन्मेवारी सुम्पेको कुरा बताएका थिए । गुट उपगुटले संगठनलाई धुजा बनाएकोले कुनै गुटमा नलागि काँग्रेस भएर वैचारिक दृढताका आधारमा संगठन विस्तार गर्नुपर्ने धारणा राख्दै काँग्रेस नेता बाँस्कोटाले अहिले शेरबहादुर देउवाको ठाउँमा जोसुकै सभापति भए पनि निर्वाचनको परिणाम यस्तै हुने ठोकुवा गरेका थिए ।

प्रवासमा बस्ने नेपालीहरूको लागि अहिलेको संविधानमा पुग्दो अधिकार भएको कुरा राख्दै पूर्व गृहराज्य मन्त्री बास्कोटाले यस्को कार्यान्वयनमा मात्र बिशेष ध्यान दिए पुग्ने धारणा व्यक्त गरेका थिए ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङले पूर्व राज्य मन्त्री बाँस्कोटा र डलास फोर्डवर्थ च्याप्टरका महासचिव शर्माप्रति स्वागत र सम्मान व्यक्त गर्दै, मिलेर पार्टी र संगठनलाई एक ढिक्का बनाउँन सबैलाई आग्रह गरेका थिए ।

अथिति डलास फोर्डवर्थका महासचिव दिनेश शर्माले, प्रवासमा बस्नेहरू सबैजना पहिले काँग्रेस भएर जनसम्पर्कमा आवद्द हुने गर्छन तर आफु भने पहिला जनसम्पर्कमा त्यसपछि काँग्रेसमा आवद्द भएको कुरा बताउँदै विपीले भारतको डिल्लीमा अवस्थित आफ्नो घरमा जनसम्पर्कको स्थापना गरेको कुरा सबैलाई स्मरण गराएका थिए । आफु प्रवासमा हुर्किए पनि निरङकुशताको बिरूद्दमा, मुलुकमा भएको आन्दोनहरूमा आफुले माईकिङ गरेर सहभागि भएको कुरा सम्झन्दै महासचिव शर्माले संस्था र संस्थागत कुरा भन्दा ठुलो व्यक्ति विल्कुलै नहुने कुरा बताएका थिए ।

स्थानीय ज्याक्सन हाईट, न्यूयोर्कको ग्याल्सूम्दो सेवा सँस्थाको कार्यलयमा आयोजना गरिएको उक्त कार्यक्रममा जनसम्पर्क समितिका कृयाशिल सदस्य दुर्गेश कार्की, सुमन हुनागाँई, सुरेन सापकोटा, मिङमार लामा, अनिल लिम्बु, दिपक प्रधान, बिष्णुमान बैजु, अनु खड्का, एनआरएनका बन्दना कोईराला न्यूयोर्क च्याप्टरका महासचिव महेश मल्ल, उपाध्यक्ष अमर तामाङ लगायतको उपस्थिति रहेको थियो । परिचयात्मक ढंगले संचालन गरिएको सो कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति न्यूयार्क च्याप्टर अमेरिकाका सभापति रोशन ढुगानाले संचालन र समापन गरेका थिए ।

वि.सं.२०७५ असार १७ आइतवार ०९:१४ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...