back
CTIZAN AD

एकीकृत कृषि बजारका सम्भावनाबारे छलफल

वि.सं.२०७५ असार १७ आइतवार

876 

shares

१७ असार, बुटवल ।  रुपन्देहीमा स्थापना गरिने एकीकृत कृषि बजार (ग्रीनपार्क) का सम्भावनाका बारेमा यहाँका सरोकारवालाका बीचमा छलफल भएको छ ।

यहाँ कृषिउपज बजारको सम्भावना धेरै रहेको भन्दै सहभागीले सरकारी–निजी साझेदारीमा परियोजनालाई अगाडि बढाउन आफूहरु तयार रहेको बताएका छन् ।

बुटवल उप–महानगरपालिकामा शनिबार भएको छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० को सहभागिता रहेको कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अव्यवस्थित र साँघुरा बजारलाई विस्तार गरेर आधुनिक बनाउने गरी एकीकृत कृषि बजारको परिकल्पना गरिएको बताए ।

बुटवल उप–महानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को संगमस्थल डहरगाउँ–कर्साघाट क्षेत्रमा उक्त ग्रीनपार्क निर्माणका लागि प्रस्ताव गरिएको छ । यहाँ बुटवलको २० र सैनामैनाको पाँच बिगाह जग्गामा पार्क निर्माणका लागि प्रस्ताव गरिएको हो । अहिले यहीँ जग्गामा अध्ययन भइरहेको छ ।

कार्यक्रममा मन्त्री खनालले रुपन्देहीमा सम्भावना धेरै रहेको भन्दै सरकारले निजी र सहकारीको सहकार्यमा परियोजना अगाडि बढाउने गरी योजना बनाइरहेको बताउनुभयो । उहाँले मुलुककै नमूना फार्मका रूपमा पहिलो चरणमा रुपन्देहीबाट परियोजनाका काम अगाडि बढाउन लागिएको पनि जानकारी गराए ।

अहिले अगाडि बढाइएको परियोजनामा यो वर्ष विस्तृत अध्ययन सकेर अर्को वर्षदेखि निर्माण कार्य नै शुरु हुनेछ । बुटवलमा निर्माण प्रस्ताव गरिएको प्रदेशस्तरको केन्द्रका लागि अहिलेलाई करीब रु दुई अर्ब बराबरको लगानी अनुमान गरिएको छ ।

वि.सं.२०७५ असार १७ आइतवार ०९:५९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...