back

एकीकृत कृषि बजारका सम्भावनाबारे छलफल

वि.सं.२०७५ असार १७ आइतवार

342 

shares
GLOBAL IME AD
NTC AD

१७ असार, बुटवल ।  रुपन्देहीमा स्थापना गरिने एकीकृत कृषि बजार (ग्रीनपार्क) का सम्भावनाका बारेमा यहाँका सरोकारवालाका बीचमा छलफल भएको छ ।

यहाँ कृषिउपज बजारको सम्भावना धेरै रहेको भन्दै सहभागीले सरकारी–निजी साझेदारीमा परियोजनालाई अगाडि बढाउन आफूहरु तयार रहेको बताएका छन् ।

बुटवल उप–महानगरपालिकामा शनिबार भएको छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० को सहभागिता रहेको कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अव्यवस्थित र साँघुरा बजारलाई विस्तार गरेर आधुनिक बनाउने गरी एकीकृत कृषि बजारको परिकल्पना गरिएको बताए ।

बुटवल उप–महानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को संगमस्थल डहरगाउँ–कर्साघाट क्षेत्रमा उक्त ग्रीनपार्क निर्माणका लागि प्रस्ताव गरिएको छ । यहाँ बुटवलको २० र सैनामैनाको पाँच बिगाह जग्गामा पार्क निर्माणका लागि प्रस्ताव गरिएको हो । अहिले यहीँ जग्गामा अध्ययन भइरहेको छ ।

कार्यक्रममा मन्त्री खनालले रुपन्देहीमा सम्भावना धेरै रहेको भन्दै सरकारले निजी र सहकारीको सहकार्यमा परियोजना अगाडि बढाउने गरी योजना बनाइरहेको बताउनुभयो । उहाँले मुलुककै नमूना फार्मका रूपमा पहिलो चरणमा रुपन्देहीबाट परियोजनाका काम अगाडि बढाउन लागिएको पनि जानकारी गराए ।

अहिले अगाडि बढाइएको परियोजनामा यो वर्ष विस्तृत अध्ययन सकेर अर्को वर्षदेखि निर्माण कार्य नै शुरु हुनेछ । बुटवलमा निर्माण प्रस्ताव गरिएको प्रदेशस्तरको केन्द्रका लागि अहिलेलाई करीब रु दुई अर्ब बराबरको लगानी अनुमान गरिएको छ ।

वि.सं.२०७५ असार १७ आइतवार ०९:५९ मा प्रकाशित

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...