back
CTIZAN AD

कुकुर

वि.सं.२०७५ असार १७ आइतवार

1.1K 

shares

भुक्नु हजुरको ईशारामा

दौडिनु

लहसिनु हजुरकै वरिपरि

खुशीले पुच्छर हल्लाउनु

सुँघ्नु हजुरलाई

अरु केहि होईन

मेरो आदर हो मालिक

मेरो सेवाभाव हो हजुरप्रतिको ।

ल्याङ ल्याङ गाउँभरि डुलेर

मैले हजुरको कुरा काटेको हैन

ढोका बाहिर ढुकेर

न त केहि ताकेको नै हो मालिक

दिए हजुरले

नदिए खोजेर भोक मेटाउँछु म ।

 

छोडिदिए बाहिर

रातभरि नै सही

म हजुरको घरको हेरचाह गर्छु,

हजुरले हुल्दा खोरमा

बाँध्दा साङ्लोमा

बस भन्दा बस्छु

जा भन्दा जान्छु

म सेवक हजुरको मालिक ।

 

मैंले कहिल्यै हजुर बिरुध्द भुकिनँ

मैले झुक्किएर पनि

हजुरका नाता पर्नेसम्मलाई

जानी नजानी कहिल्यै नङ्ग्रा हालिनँ

टोक्न त परै जाओस्,

हजुरले झुक्याउँदा नि झुक्किएँ

लडाउँदा नि लडें

मैले कहिल्यै हजुरको कुभलो चिताइन मालिक

कहिल्यै नराम्रो सोचिन ।

 

मैले चियो गरिनँ मालिक

म मियो बनिनँ हजुरका दुष्मनहरुको

देखेका केहि कुरा गरिन हजुरको कुभलो हुने गरी

हजुरको नाम बेचेर छिमेकीहरुलाई रिसाउने पनि मौका दिइन मैले

देख्ने देखेँ, नदेख्ने देखेँ

सकेसम्म छेकेँ मालिक मैले हजुरलार्इ जोगाउन

हजुरको बार भएर ।

 

मैले छट्टु स्यालबाट

हजुरका कुखुरा पनि बचाएँ

बस्तुहरुबाट बाली पनि,

मुसाबाट हजुरको अन्न

बैरीहरुबाट हजुरको बैभव पनि जोगाएँ मालिक

तर

मैले कहिल्यै हिसाब माँगिनँ

बेतन खोजीनँ मालिक

एक पेट खाना बाहेक ।

 

हजुरले भन्दा म बाहिर बसें

हजुरले नै भन्दा म भित्र पसें

न मुसाले जस्तो भकारी फोरेँ मैले

न बिरालोले जस्तो दुध चोरेँ मैले

गोरुझैं न दाम्लो चुडालेँ

न कुखुराझैं हरियो उखालेँ मालिक  मैले

फेरि यो हेय किन मालिक

यो बफादार कुकुरलाई ।

 

गाली गर्दा मेरो नाम किन मालिक ?

मेरो बदनाम किन मालिक ?

बफादार हुनु भनेको गद्दार

रक्षक हुँनु भनेको भक्षक नभए त

मेरो सेवाको यो अवमुल्यन किन मालिक ?

होईन भने मैले गर्वसँग

“कुकुर” हुँन पाउनु पर्छ मालिक

कुकुर

बफादर कुकुर !

 

इति

 

 

 

 

वि.सं.२०७५ असार १७ आइतवार १०:१६ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...