back
CTIZAN AD

विस्तारै खुल्दै छन् एचआइभी संक्रमितहरु

वि.सं.२०७५ असार १७ आइतवार

744 

shares

१७ असार, रोल्पा । समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् ।

सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ । हरेक वर्ष दुई÷तीन जनाका दरले नयाँ संक्रमित थपिँदै गएको रोल्पा प्लसका अध्यक्ष राधा विकले बताइन् । यस वर्षको माघ महिनामा मात्र तीन जना नयाँ संक्रमित थपिए विकले भनिन् ।

हाल जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको रोल्पा प्लसले जनाएको छ । संक्रमितमध्ये १५ जना कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन् । जिल्लाभित्र रहेका ३४ जनामध्ये २० जना महिला छन् । आफूहरुको सम्पर्कमा आएकामध्ये ३२ जनाले नियमित औषधि सेवन गरे पनि दुई जना भने समाजको डरले औषधि सेवन गर्न मानेका छैनन् अध्यक्ष विकले भनिन् ।

जिल्लामा संक्रमितमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको रोल्पा प्लसले जानकारी दिएको छ । उनले संक्रमितलाई परामर्श दिने तथा नियमित औषधि सेवनका लागि प्रोत्साहन गरेका कारण संक्रमित खुल्न थालेको बताइन् ।

बाबु आमाका कारण तीन बालबालिकासमेत एचआइभी संक्रमित भएका छन् भने ३२ बालबालिका प्रभावित भएको बताइएको छ । प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न संघ संस्थाले शैक्षिक सहयोग गरिरहेका छन् ।

वि.सं.२०७५ असार १७ आइतवार १०:२४ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...