back

विस्तारै खुल्दै छन् एचआइभी संक्रमितहरु

वि.सं.२०७५ असार १७ आइतवार

324 

shares
GLOBAL IME AD
NTC AD

१७ असार, रोल्पा । समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् ।

सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ । हरेक वर्ष दुई÷तीन जनाका दरले नयाँ संक्रमित थपिँदै गएको रोल्पा प्लसका अध्यक्ष राधा विकले बताइन् । यस वर्षको माघ महिनामा मात्र तीन जना नयाँ संक्रमित थपिए विकले भनिन् ।

हाल जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको रोल्पा प्लसले जनाएको छ । संक्रमितमध्ये १५ जना कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन् । जिल्लाभित्र रहेका ३४ जनामध्ये २० जना महिला छन् । आफूहरुको सम्पर्कमा आएकामध्ये ३२ जनाले नियमित औषधि सेवन गरे पनि दुई जना भने समाजको डरले औषधि सेवन गर्न मानेका छैनन् अध्यक्ष विकले भनिन् ।

जिल्लामा संक्रमितमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको रोल्पा प्लसले जानकारी दिएको छ । उनले संक्रमितलाई परामर्श दिने तथा नियमित औषधि सेवनका लागि प्रोत्साहन गरेका कारण संक्रमित खुल्न थालेको बताइन् ।

बाबु आमाका कारण तीन बालबालिकासमेत एचआइभी संक्रमित भएका छन् भने ३२ बालबालिका प्रभावित भएको बताइएको छ । प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न संघ संस्थाले शैक्षिक सहयोग गरिरहेका छन् ।

वि.सं.२०७५ असार १७ आइतवार १०:२४ मा प्रकाशित

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय...

विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा पालिका

विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा पालिका

गोलबजार (सिरहा) । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम...

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

लुम्बिनी । नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा...

जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै

जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै

काठमाडौँ । पछिल्लो समय विश्वमै सबैको चासोको विषय बन्दै गएको...

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

ढोरपाटन (बागलुङ) । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको...

कोशी प्रदेशसभा बैठक बस्दै

कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे...