back
CTIZAN AD

पौडेलको खोजीका लागि उच्चस्तरीय वैधानिक समिति गठन माग

वि.सं.२०७५ असार १७ आइतवार

669 

shares

 

१७ असार, पोखरा । नेपाली काँग्रेस कास्कीले नौ दिनदेखि बेपत्ता पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष ओमराज पौडेलको खोजी र छानवीनका उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

पार्टीका जिल्ला सभापति कृष्णबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले आज कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै खोजीलाई प्रभावकारी बनाउन माग गरेको छ ।अवस्था अज्ञात रहेकै अवस्थामा शनिबार महानगरपालिकाले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउनु र सोही बेला कास्की प्रहरी प्रमुखले अभिव्यक्ति र सार्वजनिक गरेका घटना विवरणप्रति पार्टीको ध्यानाकर्षण भएको पार्टी सभापति केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
महानगरपालिकाले पौडेललाई जिम्मेवारीबाट हटाउने र मनोबल गिराउने किसिमबाट गरिएका व्यवहारको छानवीन गर्न पार्टी सभापति केसीले माग गरे ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले बेपत्ताको खोजीलाई प्रशासनले निरन्तर रुपमा अघि बढाएको बताउँदै दवाव वा अन्य मनोवैज्ञानिक तनावका कारकको खोजी एवं अनुसन्धान गरिने उल्लेख गरे ।

वि.सं.२०७५ असार १७ आइतवार १६:२६ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...